सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ जेन जेड’ नामक बचत खाता सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   ३ फागुन, २०७७



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्धार्थ जेन जेड नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खाता ई।सं १९९५ र सो भन्दा पछि जन्मिएका ग्राहकहरुले शुन्य मौज्दातमै खोल्न सक्नेछन । यो खाता नाबालकको हकमा पनि खोल्न सकिने छ ।

सिद्धार्थ जेन जेड बचत खाता ग्राहकहरुको माझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङ्गको अनुभुति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन मार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो । यस खातामा पाँच लाख रुपैयाँसम्मको पूर्ण शारीरिक अशक्तता, दुर्घटना मृत्युबीमा सुविधा समेत प्रदान गरिने छ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरुको खातामा न्युन्तम मौज्दात १० हजार रुपैयाँ हुुनुुपर्ने छ । 

बैकका अनुसार यो खाता खोल्ने ग्राहकहरुले डेबिट कार्ड (पहिलो २ वर्षका लागि), क्रेडिट कार्ड (पहिलो १ वर्षका लागि) इन्टरनेट बैैंकिङ्ग (पहिलो २ वर्षका लागि), मोबाईल बैैंकिङ (पहिलो २ वर्षका लागि), डिम्याट, मेरो सेयर, सिआस्वा (पहिलो २ वर्षका लागि), एसएमएस अलर्ट, बैंक स्मार्टमा आईपिओ, एफपिओ, हकप्रद सेयर, म्युचल फन्ड अलर्ट, भाईबर बैैंकिङ्ग, एबिबिएस्, खाताको स्टेटमेन्ट, (ईकमर्स) कारोबार (नेपाल भित्रको लागि मात्र) र कनेक्ट आईपिएस दर्ता लगायतका सुबिधारु पाउनेछन ।

  साथै यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा शुन्य दशमलव २५ प्रतिशत छुट र सिद्धार्थ बैंकस्मार्ट एप मार्फत पहिलो रिचार्ज गर्दा पाँच प्रतिशत छुटको सुविधाहरु रहेका छन् । बैंकले ल्याएको यस खातामा अधिकतम सुविधाहरु समावेश गरिएको छ । यो योजनाले युवा वर्गहरुलाई बचत सँगसँगै प्रविधिमैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो सबै सर्भिस आउटलेटहरु तथाएक्स्टेन्सन काउन्टरहरुबाट छिटो, छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसै गरी सजिलो बैंकिङ्ग सेवा, एटिएम, पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने, क्रेडिट कार्ड तथा डेबिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक के्रन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युुएनओ क्रेडिट कार्डजस्ता सेवा मार्फत बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation