नेप्सेको उच्च वृद्धिमा आज पनि निरन्तरता

 अर्थबुलेटिन संवाददाता   ४ फागुन, २०७७



काठमाडौं । नेप्सेको उच्च वृद्धिले आज पनि निरन्तरता पाएको छ । आज मंगलबार नेप्से १५ दशमलव पाँच अंकले बढेर २६ सय एक दशमलव ५१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दशमलव नौ अंकले बढेर चार सय ७३ दशमलव ५३ अंकमा पुगेको छ ।

 आज दुुई सय आठ वटा कम्पनीहरुको ७६ हजार चार सय ९३ पटकको कारोवारमा एक करोड ७७ लाख ३२ हजार सात सय ६५ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम १० अर्ब तीन करोड ५४ लाख ५४ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ । आज १२ वटा समुहको कारोवार हुँदा चार वटा समुहले कमाएकाछन भने आठ वटाले गुमाएकाछन् ।  

ति मध्ये वाणिज्य बैंक समुहको सुचक ३८ दशमलव ४१ अंकले बढेर १८ सय ८३ दशमलव ५२ अंकमा पुगेको छ भने विकास बैंक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

जलबिद्युुत समुहको सुचक भने २६ दशमलव ९८ अंकले घटेर १९ सय ३६ दशमलव ८९ अंकमा पुुग्दा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन् ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साधना लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।

 यसैगरी बढी रकम रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा नबिल बैंक परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation