कुमारी बैंकका ग्रहाकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

 अर्थबुलेटिन संवाददाता   ५ फागुन, २०७७



काठमाडौं । कुमारी बैंक लिमिटेड र धुलिखेल, बनेपास्थित एक प्रसिद्ध ३ तारे होटेल, आगन्तुक रिसोर्टबीच आफ्ना ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहक वर्गले सोही रिसोर्टमा विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन । यसैगरी, सोही रिसोर्टमा कुमारी बैंकका खातावाल सेवाग्राहीहरुले स्वास्थ्य क्लब सदस्यता, रुम शूल्क, स्विमिङ्ग पुल उपयोगमा भने १०  प्रतिशत छुटको लाभ उठाउन सक्नेछन् ।  

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागिसो रिसोर्टको बसाई लाभदायक बन्न सक्ने बैंकको विचार रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत आगन्तुक रिसोर्टका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । सो सम्झौतापत्रमा कुमारी बैंककी बनेपा शाखा प्रबन्धक नविना वैद्य र आगन्तुक रिसोर्टका कार्यकारी अधिकृत हरि प्रसाद नेपालले हस्ताक्षर गरेकाछन ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दैजाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation