अपाङ्गता संरक्षण नेपाललाई बैंक अफ काठमाण्डूद्वारा १५० थान सेतो छडी प्रदान

 अर्थबुलेटिन संवाददाता   ६ फागुन, २०७७



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका संचालक प्रा. डा. हेमराज सुवेदीले एक कार्यक्रमका बिच उक्त सेतो छडी श्री अपाङ्गता संरक्षण नेपालका प्रमुख श्री बिरोध खतिवडाज्यूलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंक द्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation