अन्तिम कारोवार दिन २५ दशमलव २३ अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   ६ फागुन, २०७७



काठमाडौं । नेप्से अन्तिम कारोवार दिन पनि बढेको छ । आज बिहिबार नेप्से २५ दशमलव २३ अंकले बढेर २६ सय ३६ दशमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७७ अंकले बढेर चार सय ८१ दशमलव ७८ अंकमा चढेको छ ।

आज दुुई सय छ वटा कम्पनीहरुको ९० हजार दुई सय दुुई वटा कारोवारमा एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ७६ करोड २१ लाख ४६ हजार सात सय ८५ रुपैयाँको कारोवार भएको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहले गुमाएकाछन भने बाँकी समुहको कमाएकाछन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक २३ दशमलव ३७ अंकले बढेर १९ सय ३६ दशमलव ६६ अंकमा पुुग्दा विकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।  निर्जिवन बीमा समुहको सुचक भने आज ५० दशमलव तीन अंकले घटेर १३ हजार एक सय ८९ दसमलव २५ अंकमा पुुग्दा जीवन बीमा र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिर्मिरे लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एन आईसी एशिया बैंक परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation