

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुन दुुई अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बेच्ने भएको छ । सोमबार अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकले बोलकबोलको माध्यमद्वारा उक्त ट्रेजरी बेच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार फागुन ११ गते जारी मिती तोकिएको उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ । परिपक्व हुने अवधि २०७८ जेठ ११ गते तोकिएको यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको हो । यसअघि यही फागुन तीन गते पनि दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरिएको थियो ।