२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सोमबार नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज भने ३२ दशमलव ६७ अंकले घटेर २६ सय सात दशमलव ६७ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दशमलव २२ अंकले घटेर चार सय ७० दशमलव ३६ अंकमा झरेको छ ।
दुुई सय सात वटा कम्पनीहरुको ७८ हजार आठ सय ५८ पटकको कारोवारमा दुुई करोड १६ लाख १४ हजार चार सय ५२ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम आठ अर्ब ४० करोड ६३ लाख १० हजार छ सय ७१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा जलबिद्युत र अन्य समुहको सुचक बढेर हरियो देखिएपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेकाछन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक ५२ दशमलव ५५ अंकले घटेर १८ सय ७६ दशमलव ९८ अंकमा झरेकोमा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एन आई सी एशिया बैंक परेको छ ।