लाहानमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा

 अर्थबुलेटिन संवाददाता   १० फागुन, २०७७



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले लाहानमा पनि शाखा खोलेको छ । बैंकले लाहान नगरपालिका वडा नम्बर ८ सिराहमा आफनो ८७ औं शाखा स्थापना गरी कारोवार बिस्तार गरेको हो ।  नवस्थापित शाखाको उद्घाटन लाहान नगरपालिकाका मेयर मुुनि साह र प्रदेश नम्पर २ का प्रर्वन्धक सुशिल श्रेष्ठले गरेका हुुन ।

लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ । बैकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation