२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज पनि नेप्से उच्च अंकले घटेको छ । आज नेप्से २१ दशमलव १६ अंकले घटेर २५ सय ८६ दशमलव ५१ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुुई दशमलव ४१ अंकले घटेर चार सय ६७ दशमलव ९४ अंकमा झरेको छ ।
आज दुुई सय पाँच वटा कम्पनीहरुको ८३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड ७७ लाख १४ हजार नौ सय १२ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार चार सय २६ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा ट्रेडिङ समुहको सुचक बढेर बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव ७२ अंकले घटेर १८ सय ६९ दशमलव २७ अंकमा झरेकोमा विकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य सामुुकि लगानी कोष समुहरुको सुचक पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो सथानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक नै पहिलो स्थानमा परेको छ ।