![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा आज बुुधबार भने सुधार आएको छ । नेप्से आज १२ दशमलव ५६ अंकले बढेर २५ सय ९९ दशमलव सात अंकमा चढेकोमा सेन्सिटिभ पनि दुुई दशमलव चार अंकले बढेर चार सय ७० दशमलव ३४ अंकमा चढेको छ ।
नेप्सेमा आज दुुई सय चार वटा कम्पनहिरुको ६९ हजार नौ सय ९४ पटकको कारोवारमा एक करोड ६७ लाख २६ हजार चार सय ७२ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम छ अर्ब ७० करोड १८ लाख ७२ हजार चार सय ३९ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र अन्य समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव छ अंकले बढेर १८ सय ८४ दशमलव ३२ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक एक सय ८४ दशमलव ३४ अंकले बढेर १३ हजार एक सय २८ दशमलव ४६ अंकमा चढेको छ ।
यि बाहेक विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईएमई जनरल इन्स्योरेन्स कमपनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ ।