कुमारी बैंकद्वारा ग्वार्कोको तरकारी तथा फलफूल बजारमा क्युआर कोड विस्तार

 अर्थबुलेटिन संवाददाता   १३ फागुन, २०७७



काठमाडौं । कुमारी बैंक लिमिटेडले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात् क्युआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको छ । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र भण्डारीको उपस्थितिमा  मुख्य अतिथि  चिरिबाबु महर्जनले सो क्युआर कोडहरू हस्तान्तरण गरेका हुन् । 

नगद् वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन प्रस्तुत गरेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद् यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या ७०००  भन्दा बढी पुगेको छ । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation