![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । आज आईतबार एकैदिन नेप्से ७९ दशमलव ७४ अंकले घटेर २४ सय ७४ दशमलव ३९ अंकमा झर्दा सेन्सिटिभ पनि १४ दशमलव ५३ अंकले घटेर चार सय ४७ दशमलव २९ अंकमा झरेको छ ।
आज दुुई सात सात वटा कम्पनीहरुको ९६ हजार छ सय ५१ पटकको कारोवारमा एक करोड ६० लाख १७ हजार तीन सय २२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोवार रकम आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार आठ सय १४ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा होटल र पयर्टन बाहेक सबै समुहको सुचक घटेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ५४ दशमलव ५७ अंकले घटेर १७ सय ९२ दशमलव २५ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि ६७ दशमलव १५ अंकले घटेर १९ सय ३९ दशमलव ८७ अंकमा झरेको छ । यसैगरी विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुह्यश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।