

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले यही फागुन १८ गते मंगलबार आठ बर्षे अवधिको विकास ऋणपत्र २०८५ “ङ” बिक्री गर्न लागेको हो ।
बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने ऋणपत्रको लागि मंगलबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।
जारी मिती यही २०७७ फागुुन १९ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि बिसं २०८५ फागुुन १९ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।
खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने र बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ ।