एकैदिन झण्डै ४१ अंकले बढ्यो नेप्से, लगानिकर्ता मख्ख

 अर्थबुलेटिन संवाददाता   १७ फागुन, २०७७



काठमाडौं । नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार एकैदिन ४० दशमलव ६४ अंकले बढेर २५ सय १५ दशमलव तीन अंकमा चढेको छ भने सेन्सिटिभ छ दशमलव ४७ अंकले बढेर चार सय ५३ दशमलव ७५ अंकमा चढेको छ । आज दुई सय नौ वटा कम्पनीहरुको ७० हजार तीन सय ३९ पटकको कारोवारमा एक करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ पुुगेको छ । 

आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २६ दशमलव ८२ अंकले बढेर १८ सय १९ दशमलव सात अंकमा पुुगेकोमा जलबिद्युुत समुहको सुचक पनि ३० दशमलव ७९ अंकले बढेर १९ सय ७० दशमलव ६६ अंकमा पुगेको छ ।

यि बाहेक विकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल र पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युुजअल फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation