![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्सेमा भिषण पहिरो आउने क्रम अझै जारी रहेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से बुधबार पनि ३९ दशमलव २३ अंंकले घटेर २४ सय १६ अंकमा झर्दा सेन्सिटिभ पनि सात दशमलव १२ अंकले घटेर चार सय ३६ दशमलव ८० अंकमा झरेको छ । आज दुुई सय १२ वटा कम्पनीहरुको ६३ हजार छ सय ७४ वटा कारोवारमा एक करोड १३ लाख ९२ हजार एक सय ३५ कित्ता सेयर किनबेच भएकाछन् भने भने कुुल सेयर कारोवार रकम छ अर्ब २५ करोड ४८ लाख नौ हजार चार सय ४२ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा ट्रेडिङ र होटल तथा पर्यटन समुहको सुचकहरु बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । साने मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव तीन अंकले घटेर १७ सय ५६ दशमलव नौ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि २० दशमलव ३२ अंकले घटेर १९ सय नौ दशमलव ३६ अंकमा झरेको छ । विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि आज पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।