२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । अघिल्ला दिनहरुमा लगातार घटेको नेप्सेले आज भने छलाङ मारेको छ । बिहिबार नेप्से ९० दशमलव ६७ अंकले बढेर २५ सय छ दशमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ पनि १४ दशमलव ६७ अंकले बढेर चार सय ५१ दशमलव ४६ अंंकमा चढेको छ । आज दुुई सय छ वटा कम्पनीहरुको ६५ हजार एक सय ७४ पटकको कारोवारमा एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर किनबेच भएकाछन् भने कुुल सेयर कारोवार रकम छ अर्ब पाँच करोड ८१ लाख चार हजार तीन सय १७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक ५२ दशमलव चार अंकले बढेर १८ सय आठ दशमलव १३ अंकमा पुुग्दा जलबिद्युत समुहको सुचक पनि ९१ दशमलव १९ अंकले बढेर दुुई हजार दशमलव ५४ अंकमा चढेको छ । यसैगरी विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहका सुचकहरु पनि बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लिर्र्वटी इर्नर्जी कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबि बैंकको ऋणपत्र (एनएमबि ५०) परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ ।