२४ माघ, २०८१ | 06 Feb, 2025
बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । शुक्रबार रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको हो । यसअघि पनि स्थानीयवासीले विरोध जनाएका थिए । स्थानीयको विरोधपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।
स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै हिजोदेखि नै विरोध प्रदर्शन गरिएको थियो । बलियो सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै तोडफोड गरेका हुन् ।
स्थानीयवासीले मञ्चमै आएर तोडफोड गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँडेका थिए । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्च तर्फबाट पनि पनि प्रतिकार भएको र त्यसपछि वातावरण झन् बिथोलिएको थियो । मन्तव्य दिन सुरु मात्र गरेका अर्थमन्त्री पौडेल तोडफोड हुन थालेपछि मञ्च छाडेर हिँडेको प्रहरीले जानकारी दिएको छ ।