पहिलो कारोबारमै झण्डै २२ अंकले घट्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   २३ फागुन, २०७७



काठमाडौं । साताको पहिलो कारोवार दिन आज  नेप्से २१ दशमलव ५८ अंकले घटेर २४ सय ८५ दशमलव नौ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव ७८ अंकले घटेर चार सय ४९ दशमलव ६८ अंकमा झरेको छ । दुुई सय ११ वटा कम्पनीहरुको ५३ हजार नौ सय ७० पटकको कारोवारमा एक करोड १७ लाख ७८ हजार आठ सय २० कित्ता सेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम पाँच अर्ब ५४ लाख ६६ हजार चार सय ८० रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा पर्यटन र जलबिद्युुत समुहको सुचक बढेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १२ दशमलव ४१ अंकले घटेर १७ सय ९५ दशमलव ७२ अंकमा झरेकोमा विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि उच्च अंकले घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेशनल हाईड्रो पापर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation