२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । मंगलबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज २३ दशमलव २२ अंकले घटेर २४ सय ६१ दशमलव ८८ अंकमा झर्दा सेन्सिटिभ पनि चार दशमलव ४७ अंकले घटेर चार सय ४५ दशमलव २१ अंकमा झरेको छ । दुुई सय १० वटा कम्पनीहरुको ५२ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड २४ लाख ८२ हजार जार सय २८ कित्ता सेयर किनबेच भएकाछन् भने कुल कारोवार रकम चार अर्ब ७५ करोड २७ लाख आठ हजार एक सय ४७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक बढेपनि बाँकी १० वटा समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव ७७ अंकले १७ सय ७३ दशमलव ९४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि दुुई सय एक दशमलव ५६ अंकले घटेर १६ हजार चार सय २५ दशमलव ४७ अंकमा झरेको छ । विकास बैंक, निर्जिवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेकाछन् । होटल तथा पर्यटन, जलबिद्युुत र सामुहिक लगानी कोष समुहको भने बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा विकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।