सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड

 अर्थ बुलेटिन संवाददाता   ५ जेठ, २०७८



काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घटेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो ।

आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो ।  नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः नयाँ रेकर्ड राखेको छ ।  मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड घने बढेका छन् । बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation