दैनिक २५० एम. एल. दूध पिउनुहोस्... स्कूल मिल्क कार्यक्रम देशैभर आवश्यक

 डा. वालक चौधरी, डेरी विशेषज्ञ   ९ असार, २०७८



भोजन (Food) भन्नाले मानिसलाई मन पर्ने स्वादिष्ठ खाद्यपदार्थ जसमा पोषण समावेश हुन्छ । माछा, मासु, दूध, फल, फुल, तरकारी, अन्न वाली आदि सवै भोजनका परिकारहरु हुन् । पोषण (Nutrition) भन्नाले शारीरिक क्रियाकलाप, सञ्चालन, उत्पादन, शारीरिक वृद्धि विकास लगायत शरीरमा हुने विभिन्न जैविक, रासायनिक तथा पाचन शंष्लेषण तथा विश्लेषण प्रकृयाहरु गर्न आवश्यक भोजन हो । त्यस्तै भोजनमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र मिनरल एक पौष्टिक पदार्थ (Nutrient) हुन् ।

शरीर स्वस्थ राख्न एवं दैनिक कार्य गर्न आवश्यक शक्तिका लागि खानेकुराको परिकार, मात्रा एवं सो मा पाइने पोषणको गणना पोषणविदले गर्दछ । पोषण विभिन्न उमेर, तौल, लिंग, शारीरिक अवस्था, कामको प्रकृति आदिको आधारमा भोजनको मात्रा एवं सो मा निहित पौष्टिक पदार्थले दिने शक्ति (क्यालोरी) को आधारमा निर्धारण गरेको हुन्छ ।

दूधमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र मिनरल पौष्टिक पदार्थहरु पाइने हुँदा शिशुलाई आमाको दूध आवश्यक हुन्छ । दूध स्वास्थ्यको लागि आवश्यक हुँदा हुदै पनि अधिकांश मानिसहरुको  खरीद गर्न सक्ने क्षमता एवं उपलब्धताको अभाव रहेको छ । खाद्यपदार्थको मात्रा नमिलाई खानाले पोषणको अभावमा शारीरिक वृद्धि विकास नहुने, रोग प्रतिरोधात्मक क्षमता नहुने, पोषणको कमीले रोग (रतन्धो, रिकेटसिया, अष्टोमालासिया, गलगाँड, रतन्धो, सुकेनास आदि) लाग्ने गरेको पाइन्छ ।  

कुपोषणको अवस्था

नेपालमा ५ वर्ष मुनिका ३६ प्रतिशत बालवालिका कुपोषणको शिकार भएको UNICEF ले  State of the World's Children 2019 को प्रतिवेदनमा उल्लेख गरेको छ । नेपालको सुदुर पश्चिम क्षेत्रका दलित समुदाय, बालबालिका, किशोर किशोरी एवं सुत्केरीहरुमा अत्याधिक पोषणको कमी रहेको प्रतिवेदनले औल्याएको छ । दीगो विकासका लागि संयुक्त राष्ट्र संघले आउने १० वर्ष भित्र (सन् २०३० सम्ममा) कुपोषणलाई ५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

विश्व खाद्य संगठन (२०१३) लेMilk in Dairy Products in Human Nutrition नामक पुस्तकमा विश्वमा ८७ करोड मानिसहरु २०१० देखी २०१२ को अवधिमा कुपोषणको शिकार भएको उल्लेख गरेको छ । 

 

खाद्य सुरक्षा(Food Security)

संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव बानकी मुनले जुन, २०१२ मा रियो द जेनेरियो श्रहाव्दी विकास सममेलनमा शुन्य भोकमरी चुनौती कार्यक्रमको घोषण गरे । सम्मेलनले शुन्य भोकमरी चुनौती कार्यक्रमलाई सफल पार्न प्रभावकारी नीति र लगानी वृद्धि गर्न ५ उद्देश्यहरु उनले प्रस्तुत गरे । उनले तया गरेका उदेश्यहरुमा “१. वर्षभरीको लागि पौष्टिक खाद्यपदार्थ उपलब्ध २. गर्भावस्था तथा शिशु कुपोषित हुनुबाट अन्त ३. सवै खाद्यपदार्थ लामोसमयसम्म राख्न सक्ने ४. गरिव किसान खासगरी महीला बर्गले गर्ने उत्पादन तथा उत्पादकत्वलाई बढावा दिने ५. उत्पादित खाद्यपदार्थको क्षति न्युनीकरण, खानेकुरा खेर जानवाट जोगाउन” भन्ने थियो ।   

विश्व खाद्य सुरक्षा समितिले परिभाषित गरे बमोजिम सवै मानिस सक्रिय एवं स्वस्थ जीवन यापन गर्न पौष्टिक खाद्यपदार्थ माथिको भौतिक, सामाजिक तथा आर्थिक पहुच हुनु पर्दछ । 

 

जनसख्याको आधारमा दूध उत्पादनको वृद्धिदर कम रहेको छ । दूध तथा दुग्ध पदार्थमाथि मानिसको पहुँच कम रहेकाले ५ वर्ष मुनिका करिव ३६ प्रतिशत वालवालिका(USAID, Nepal: Nutrition Profile, Ministry of Health, 2017) कुपोषणको शिकार भएको छ । 

पोषण परिपूर्ति गर्ने चालु कार्यक्रम

खाद्य पोषणमा सुधार ल्याउन तथा कुपोणलाई हदैसम्म घटाउन नेपाल सरकारले सन् २०३० सम्म विभिन्न परियोजना मार्फत कार्यक्रमहरु सञ्चालन गरीने भएको छ । चालु परियोजना तथा कार्यक्रम तालिका १ अनुसार रहेको छ ।

दूध एक पोषण

नेपालमा प्रति व्यक्ति दैनिक करिव २१६ ग्राम दूधको उपलब्धता छ । भारत ३९४ ग्राम, वंगलादेश २५० ग्राम, पाकिस्तान २३१ ग्राम प्रति व्यक्ति दैनिक दूधको उपभोग गरेको पाइन्छ ।

 

स्टेण्डर्ड पाश्चुराइज्ड (३.०५ चिल्लो पदार्थ, ४.७५ ल्याक्टोज र ३.५५ प्रोटिन) भएको २५० ग्राम दूधबाट करिब १५० क्यालोरी शक्ति प्राप्त हुन्छ । विश्वको कूल जनसंख्या ७ अर्व ७० करोड (वृद्धि दर १.०५ प्रतिशत) मध्ये करिव ६ अर्ब मानिसहरु दूध तथा दुग्ध पदार्थको सेवन गर्ने गरेको पाइन्छ । दूध तसर्थ, विश्वको एक प्रमुख भोजन (Milk as a Global Food) को रुपमा स्थापित भएको छ ।

सन्् २०१९ मा विश्वको कूल दूध उत्पादन १.४ प्रतिशतले बढेर ८५२ मिलियन मे.टन (तालिका  २) भएको छ । कूल दूधको गाईले ८१ प्रतिशत, भैंसीले १५ प्रतिशत, भेडा, वाख्रा, उट गरी ४ प्रतिशत (OECD-FAO Agriculture outlook 2020-2029) योगदान गर्दछ । 

भारतले  सन् १९७० देखी १९९६ वर्षसम्म Operation flood नामक कार्यक्रम सञ्चालन गरी विश्वमै सर्वाधिक दूध उत्पादक (१९६.१८ मिलियन टन) राष्ट्र बनेको (विश्वको कूल दूधको २३ प्रतिशत) छ । दक्षिण पूर्वी एशियामा गाईको भन्दा भैंसीको योगदान अधिक (भारत, पाकीस्तान तथा नेपाल क्रमशः ४७, ५८ र ६० प्रतिशत) देखिन्छ । विकाससोन्मुख राष्ट्रहरु विकसित राष्ट्रको दाजोमा अधिक दूध उत्पादन गरेको तर दूध तथा दुग्ध पदार्थको निर्यात विकसित राष्ट्रहरुले अधिक गरी राखेको पाइन्छ ।  

 

निष्कर्ष

दूधको उत्पादन तथा उपलब्धता बढाई कुपोण घटाउने गर्नु पर्दछ । 

 

कृषकलाई गाई, भैैसी पाल्न उत्प्रेरीत गर्न गाई खरीद, गोठ निर्माण एवं घाँस व्यवस्थापनमा अनुदानको व्यवस्थाका साथै सहुलियत व्यजदरमा ऋण उपलब्ध हुनु पर्दछ । भारतमा operation flood कार्यक्रम सञ्चालन भए झै केही दशकका लागि डेरी क्षेत्रको विकासमा विशेष कार्यक्रम सञ्चालन गर्नु पर्दछ । 

तोकेको मापदण्ड बमोजिम दूधको उपभोग बढाउन दूध खरीदमा सरकारले विशेष छुटको व्यवस्था गर्नु पर्दछ । स्कूलका बालवालिकालाई स्कूल मिल्क कार्यक्रम देशैभर लागु गर्नु पर्दछ । 

(लेखक राष्ट्रिय दुग्ध विकास वोर्डमा डेरी विशेषज्ञ हुनुहुन्छ । )



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation