२४ माघ, २०८१ | 06 Feb, 2025
काठामाडौं । गत साताको अन्तिम ३ कारोवार दिनदेखिनै ओरालो लाग्न थालेको शेयर बजार यस साता पनि भारी अंकले गिरावट आएको छ ।
यद्यपी साताको पहिलो र दोश्रो दिनमा भारी अंकले गिरावट आएको नेप्से परिसुचक मंगलवार एक्कासी भारी अंककासाथ उकालो लागेको भएतापनि त्यो उकालो यात्रा एक दिन भन्दा धेरै टिक्न सकेन । बुधवार फेरी ठुलो अंकले ओरालो लागेको बजार साताको अन्तिम कारोवार दिन भने केहि सम्हालिएको जस्तो देखिएको छ ।
यस साताको आइतवार देखि बुधवारसम्मको ४ कारोवार दिनमा कि एकनासले घट्ने कि एकनासले भारी अंकका साथ बढ्ने कि एकनासले भारी अंकका साथ घट्ने गरेको बजार साताको अन्तिम कारोवार दिन विहिवार भने दिनभर जसोनै कहिले घट्ने र कहिले बढ्ने गरयो ।
यस दिन (विहिवार) प्रि ओपन (१०.३० देखि १०.४५ बजेसम्म) सेसनमा ११.७० अंकले बढेको बजार नियमित सेसन (११ देखि ३ बजेसम्म) आरम्भ भएसंगै विस्तारै ओरालो लाग्यो । करिब १.५ घण्टाको घटाई पछि बजार सम्हालिदै उकालो लाग्न थाल्यो ।
यद्यपी उकाली यात्रावाट फेरी आरोलो लागेपनि आइतवार, सोमवार र बुधवारको जस्तो भारी अंकले गिरावट भनई विहिवारको गिरावट केवल १६.९६ अंकमा मात्रै सिमित रहयो । यसले अब बजार सुधारमा जानलागेको र आइतवारदेखिको कारोवारमा केहि सकारात्मक सन्देश दिन खोजेको लगानीकर्ताहरुको बुझाई रहेको छ ।
यस साता सेयर बजारमा कुल २०२ दशमलव ९५ अंकले गिरावट आएको छ भने मात्रै ७९.४३ अंक बढ्यो । योसंगै साताको पहिलो दिन करिब ३००० नजिक २९६८.४२ अंकवाट आरम्भ भएको बजार साता भरिको घटबढ पछि २८४३ अंकमा झरेर बसेको छ ।