२३ माघ, २०८१ | 05 Feb, 2025
नेपाली कांग्रेसको भदौमा हुने भनिएको १४ औं महाधिवेशन नजिकिदै गर्दा अध्यक्षको आकांक्षिहरुको संख्या बाहिरिदै आएको छ ।
विगत लामो समयदेखि एकछत्र राज गर्दै आएका कांग्रेसका बयोवृद्ध सभापति शेरवहादुर देउवा फेरी अध्यक्षको आकांक्षि बनेपछि पुस्तातरण हुनुपर्ने भन्ने माग गर्दै आएका कांग्रेस भित्रका दोश्रो पुस्ताका नेताहरुको सरगर्मी बढेको छ ।
यस अघिनै देउवाले आफुलाई अध्यक्षको लागि सहयोग गर्ने बचन दिएकोमा अहिले पुनः आफैले आकाक्षा देखाएर आफुलाई धोका दिएको रुपमा अध्यक्षका आकांक्षि देखिएका विमलेन्द्र निधिको बुझाई रहेको छ । उनले खुल्लारुपमा आफु आकांक्षि भएको बताउदै सोहि अनुसारको आफु मातहतका नेताहरुसंग छलफल चलाईरहेका छन् ।
सभापति देउवा र उपसभापति निधिसंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शसांक कोइराला लगायतका झन्डै आधादर्जन नेताहरुले अध्यक्षको आंकक्षा देखाएका छन् ।
पछिल्लो समय अन्य नेताहरुको भन्दा निधिको चहलपहल निकै धेरै देखिएको छ । उनले पुर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शसांक कोइराला लगायतका नेताहरुलाई आफ्नो कित्तामा उभ्याउदै नेतृत्व परिबर्तन हुनुपर्दछ भन्ने सबै समुह तथा पक्षहरुको तर्फबाट आफ्नो उमेद्वारी बलियो बनाउने प्रयास गरेका छन् ।
यद्यपी देउवाले आंकक्षा राखिनै रहे र अन्नत उमेद्वारी दिनेनै अवस्थामा पुगे भने देउवा पक्षिय निधिले अन्तिम अवस्थामा गएर देउवाको कुरा काट्न नसकि उनलाई नै साथ दिने र अन्य नेताहरुलाई धोका दिने त होइनन् भन्ने आकलन र सम्भावनाहरु पनि प्रशस्त रहेको जानकारहरु बताउछन् ।
पाटिभित्र बलियो पकड बनाएका निधिले उमेद्वारी दिएको खड्मा उनि कांग्रेसको अबको नेतृत्वकर्ता बन्न सक्ने सम्भावना भने प्रसस्त रहेको छ । किनकी उनलाई प्रदेश २ को प्ुरै साथ रहेको छ भने नेतृत्व परिबर्तन गर्नुपर्छ भन्ने पुस्ताको पनि साथ र समर्थन रहेको छ ।
यो संगै कांग्रेसको नेतृत्व विस्तारै दोश्रो तहका हुदै नेता १५ महाधिवेशनवाट युवातहमा हस्तान्तरण हुन सक्ने अवस्था बन्नेछ भन्ने युवा पुस्ताका नेताहरुको बुझाई रहेको छ ।