२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । स्वास्थ्य तजा जनसंख्या मन्त्रालयको विवरण (तथ्याङ) अनुसार पछिल्लो दिनहरुमा कोरोना संक्रमितको संख्या र संक्रमण दर दुबै क्रमश उकालो लागि रहेको छ ।
जनजिवन सामान्यकरण बन्दै जादा पछिल्लो ५ दिन अर्थात असार १३ गतेदेखि १७ गते सम्मको संक्रमण दर हेर्दा २० प्रतिशतवाट उकालो लाग्दै २५ प्रतिशत नाघेको छ ।
असार १३ गते संक्रमितको संख्या १९ सय २० जनामा झरेको भएपनि त्यस यता क्रमश यो संख्या बढ्दै १४ गते २४४४ जना, १५ गते २६६३ जना, १६ गते २८९२ जना र १७ गते विहिवारका दिन २७६० जना रहेका छन् ।
सोहि अवधिमा असार १३ गते ९८३६ जनाको कुल परिक्षण गरिएकोमा यो संख्या समेत केहि बढ्दै गएको छ ।
कुल परिक्षण र संक्रमणको आधारमा संक्रमण दर समेत क्रमश उकालो लागेको छ ।
कोरोना संक्रमितको संख्या र संक्रमण दर दुबै क्रमश उकालो लाग्दै जानु र आमा मानिसको जनजिवन सामान्यकरण बन्दै जानुले झन् जोखिम बढ्दै गएको विज्ञहरुको भनाई रहेको छ । यसले अब तेश्रो लहरको जोखिम बढाएको पनि उनिहरुको भनाई रहेको छ ।
संक्रमण क्रमश उकालो लाग्दै जाँदा पनि बाहिरी जनजिवनमा कुनै प्रकारको सावधानी नदेखिएको उनिहरुको गुनासो रहेको छ ।
पछिल्लो दिनहरुमा क्रमश छिमेकी राष्ट्रहरुमा समेत संक्रमण दर बढ्दै जानु र हामिकहाँ पनि यो जोखिम देखिन थाल्नुले समयमानै थप साबधानी आवश्यक रहेको उनिहरुको सुझाव रहेको छ ।