बजारमा छायो हरियाली, लगानीकर्तामा उत्साहबजार १९ अंकभन्दा धेरैले बढ्यो, ७ अर्ब नजिक पुग्यो कारोबार रकम

 अर्थ बुलेटिन   १८ असार, २०७८

काठमाडौं । पछिल्लो केहि समयदेखि लगानीकर्तालाई निराश बनाईरहेको शेयर बजारले यस साताको अन्तिम कारोबार दिन भने हरियाली छाउदै लगानीकर्तामा उत्साह थपेर बन्द भएको छ । 
साताको अन्य दिन भारी अंकका साथ उथल पुथल भईरहेको नेप्से परिसुचक विहिवार १९ दशमलव १२ अंकले बढेर २८४३ अंकमा पुगेको छ । यो दिन बजार ० दशमलव ६८ प्रतिशतले उकालो लागेको हो । 

यस दिन सेन्सेटिभ इण्डेक्स ६ दशमलव ३३ अंक बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स १ दशमलव ०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४९ अंक बढेको छ।

कोरोना संक्रमणका कारण देश लकडाउनमय भएका बेला दैनिक करिब २० अर्ब सम्मको कारोवार रकम हुने गरेको शेयर बजारमा नेप्से क्रम घट्दै जादा करिब ५ अर्बको हाराहारीमा कारोवार रकम समेत झरेको थियो । यद्यपी विहिवार भने नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

यस दिन २२४ कम्पनीको ७० हजार १९८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको ३ करोड २८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार बजारमा ६ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको थियो ।

शेयर बजारमा कारोवार भईरहेका कुल १३ वटा उपसमुहहरु मध्येमा यस दिन १२ बटा उपसमुहहरुमा बढेका छन् । 

यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंकको ३ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ९४ प्रतिशत, अन्यको १ दशमलव ७३ प्रतिशत र लगानीको १ दशमलव १५ प्रतिशत बढेको छ । बाँकी ७ उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ० दशमलव ०४ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया थप्नुहोस

विज्ञापन

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation