“भेरोसेल” को थप मात्रा २४ गतेदेखि आउदै२२ गतेवाट भेरोसेलको दोश्रो डोज सुरु, १२ प्रतिशत नागरिकले लगाइसके खोप

 अर्थ बुलेटिन   १९ असार, २०७८



काठमाडौं । सरकारले यही असार २४ गतेदेखि चिनियाँ भ्याक्सिन "भेरोसेल" को आयात सुरु हुने जनाएको  छ ।

सरकारले भ्याक्सिन खरिदका लागि चिनियाँ कम्पनि साइनोफार्मसंग सम्झौता गरेको जनाएको छ ।

सम्झौता अनुसार यहि असार २४ गतेदेखि साप्ताहिक रुपमा चरणवद्ध खोप ल्याइनेछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सिनोफोर्ससंग सम्झौता भएको र असार २४ गतेदेखिनै भ्याक्सिन आयात हुने जनाएको हो । यस्तै, यहि २२ गतेदेखिनै भेरोसेल खोपको दोश्रो मात्रा लगाउन सुरु गरिने पनि विज्ञप्ती मार्फत जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती

यसैगरी, सरकारले हालसम्म २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) लाई पहिलो मत्रा र ७ लाख ५७ हजार ३७० (३ प्रतिशत) लाई दोश्रो मात्रा गरी कुल १२ प्रतिशत नागरिकलाई खोप लगाईसकेको पनि जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation