२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । बाघचाल भन्ने खेल सायदै हामि धेरैले खेलेका छौ होला । नखेलेकै भएपनि सुनेका त पक्कै छौं होला । गाउँघरमा रहदाँ यसो फुर्सद भयोकि २ जना साथिहरु जम्मा हुनासाथ चौतारोमा बस्ने र चक वा इट्टाले कोरेर पोर्ट बनाइहाल्ने अनि गिट्टीका टुक्रा र दाउराको टुक्रा लिएर बाघचाल खेलिहाल्ने गरिन्थ्यो र गरिन्छ पनि ।
यस खेलमा ४ वटा बाघ (अलि ठुला गिट्टी) र १८ वटा बाख्रा (दाउराको छेस्को वा अलि सानो गिट्टी) बनाउदै खेल्दै जाने बाघले फड्कीने ठाउँ पायो भने बाख्रा खाने, बाख्राले सक्यो भने बाघलाई फड्कीने ठाउँ नदिइकन थुन्ने । खेलमा करिब ६ वटा बाख्रालाई बाघले खायो भने अब बाख्राले खेल जित्न सक्ने सम्भावना निकै कम भएर जान्छ ।
ठिक यहि प्रकारको खेल त्रिवि र आंशिक प्राध्यापकहरुको विचमा वर्षौदेखि चलिरहेको छ । पटक पटक करारको माग राख्दै आन्दोलन गरिरहेका आंशिक प्राध्यापकहरुलाई त्रिविले यसैगरी बाघको गोटी चालेझै चाल्दै खेल जितिरहेको छ र आंशिक प्राध्यापकहरुलाई जिल्याईरहेको छ ।
यद्यपी, प्रत्येक पटकको आन्दोलनमा मुख्य नेतृत्वकर्ताहरु भने फाइदा लिन चुकेका छैनन् । बलिको बक्रा बन्ने त आफ्नो समय, लागत खर्च गर्दै केहि हुन्छकी भन्दै पछि पछि लाग्ने कार्यकर्ता प्राध्यापकहरु मात्रै बनेका छन् । नेतृत्वकर्तालाई खर्च हालिहालिकन राजधानीमा उतारेर सबैको हितमा केहि गर है भन्दै जिल्लाको नेतृत्व सम्हालेर बसेका प्राध्यापकहरु भने त्यतै जिल्लिएका छन् । नेतृत्व गर्दै केन्द्र आएको नेता प्राध्यापकहरु भने राजनीतिक नियुक्ति खाने र आफ्नो सिट स्थायी वा करारको लागि सुरक्षित गराएर आन्दोलन तुहाउन उल्टै त्रिविसंग साठगाँठ गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
विगत देखिनै आन्दोनको अग्र पंक्तिमा आएका नेतृत्वकर्ताहरुलाई राजनीतिक नियुक्ति दिएर राज्यले थन्क्याउने गरेकोमा यो चालवाजि यस पटक पनि चालेको छ । यद्यपी त्यस्ता प्रकारका नियुक्तिरुको चालबाजीमा आफुहरु नफस्ने त्रिवि आंशिक प्राध्यापक संघका महासचिव राजेन्द्र गिरीले अर्थ बुलेटिनलाई बताउनु भयो ।
विगत लामोसमयदेखि आन्दोलनरत आंशिक शिक्षकहरु र त्रिविका विच पटक पटक सहमतिहरु भएका छन् । यद्यपी त्यसको कार्यन्वयन कुनै न कुनै बहानामा टरेको छ । यो पटक पनि पछिल्लो समय २०७७ पौष २४ गते पहिले पहिलेको जस्तै त्रिवि र आंशिक प्राध्यापकहरुको विचमा सहमति त भयो तर त्यसको कार्यन्वयन ढिला भयो भन्दै फेरी केहि दिन यता आंशिक प्राध्यापकहरुले आन्दोलान आरम्भ गरे । आन्दोलनको कार्यक्रम अनुसार अनलाईन कक्षाहरु वहिस्कार गरे ।
बन्द भएका अनलाइन कक्षाहरुलाई सुचारु गराउनका लागि त्रिविले खासै कुनै ठोस कदम चालेन बरु उल्टै २०७८ असार २१ गते राती ९ बजेको समयमा विज्ञप्ती निकालेर आंशिक प्राध्यापकहरुलाई चुनौती दिएको गिरी बताउछन् । “विज्ञप्तीले आन्दोलनरत शिक्षकहरुलाई विच्क्याएको छ, आझै हामि शशक्त रुपमा आन्दोलनमा होमिने छौ” गिरीले बताए ।
विज्ञप्तीमा पौष २४ को सम्झौता कार्यन्वयनमा रहेको जनाउदै अनलाईन कक्षाहरु सुचारु गर्न अनुरोध गर्दै शिक्षकहरु फेरी आन्दोलनमा होमिने हो भने “आंशिक शिक्षकको निरन्तरतामा असर पर्न सक्ने” भन्दै सहमति भंगको संकेत सहितको धम्की त्रिविले दिएको आंशिक प्राध्यापकहरुको आरोप रहेको छ ।
त्रिविको विज्ञप्ती
किन मौन छन् त आन्दोलनको नेतृत्व ?
“समान कामको समान ज्याला” भन्ने नारा वोकेर आन्दोलनरत आंशिक प्राध्यापकहरु यो विज्ञप्ती पछि झनै मौन बसेका छन् । विज्ञप्तीमा प्रयोग गरिएको धम्किको भाषामा उनिहरु तर्सिएका छन् ।
त्रिविले केहि शिक्षकहरुलाई करार गर्ने प्रक्रिया बढाएकोमा नेतृत्वकर्ताहरु प्राय सबै जसो पर्ने निश्चित छ । त्यसैले आन्दोलनलाई थप चर्काउदा मुखमा आउन लागेको त्यो रोटी पनि गुम्छकी भन्ने डरमा नेतृत्वकर्ता रहेको अन्य शिक्षकहरुको आरोप रहेको छ । त्यसैले त्रिविले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको “आंशिक शिक्षकको निरन्तरतामा असर पर्न सक्ने” भन्ने भाषामा उनिहरु तर्सिएका छन् त्यसैले मौन छन् नाम नराख्ने शर्तमा एक आंशिक शिक्षकले अर्थ बुलेटिनलाई बताए ।
पटक पटक बाघचालको यो खेलमा फेरी एक पटक त्रिविले जित्ने संकेत प्रष्ट देखिएको छ ।
त्रिविले झुक्यायो आंगिक क्याम्पस र आंशिक प्राध्यापकहरुलाई
“किन मौन बसे केन्द्र देखि क्याम्पस सम्मको नेतृत्वकर्ता शिक्षकहहरु ?”