बजारमा छायो हरियाली, कारोबार रकम ५ अर्ब दोहोरो अंकले बढ्यो, सेन्सेटि इन्डेक्स पनि सकारात्मक

 अर्थ बुलेटिन   २४ असार, २०७८



काठमाडौं । साताको अन्तिम कारोवार दिन विहिवार (असार २४ गते) शेयर बजारमा हरियाली छाएको छ । 

यस साताको ४ बटै कारोवार दिनमा निरन्तर ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन भने दोहोरो अंकले बढेको हो । विहिवार २३ दशमलव ९७ अंकले बजार बढेर २८ सय २५ दशमलम ११ अंकमा पुगेको छ । यस दिन ० दशमलव ८६ प्रतिशतले बजार बढेको हो । 

यस्तै, विहिवारको दिन सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८४ प्रतिशतले बढेर ५ सय २९ दशमल ६६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा विहिवार कारोबार रकमा समेत सुधार आएको छ । 

अघिल्लो दिन अर्थात बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा बजार ५ अर्बको नजिक पुगेको छ । यस दिन ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ १५ पैसाको कारोबार हुदै १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

लगानीकर्तामा उत्साह:

पछिल्लो केहि समयदेखि लगानीकर्तालाई निराश बनाईरहेको शेयर बजारले यस साताको अन्तिम कारोबार दिन भने हरियाली छाउदै लगानीकर्तामा उत्साह थपेर बन्द भएको छ । साताको अन्तिम कारोवार दिनको बढाईले आउदो हप्ताको कारोवार रकमलाई सकारात्मक सन्देश दिएको भन्दै लगानीकर्ताहरु थप हौसियका छन् ।

सकियो क्लोजिङको असर:

सामान्यतय असार महिना आर्थिक बर्षको क्लोजिङ भएकाले कर तिर्नका लागि शेयर विक्रि गर्नेहरुको चाँप हुने भएकाले यो महिना शेयर बजारमा सामान्य गिरावट हुनु सामान्य रहेको लगानीकर्ताहरुको बुझाई रहेको छ । यद्यपी अब असार महिना पनि समाप्त हुन लागेको र बजारमा पनि सुधार देखिनु सुखदः अवस्था रहेको लगानीकर्ताहरुको ठम्याई रहेको छ । यो संगै अब बजारले सुधारको संकेत देखाएको र लगानीमैत्री बातावरण बन्न लागेको भन्दै लगानीकर्ताहरु उत्साहित देखिएका छन् । 

मौद्रिक नीति:

बजारलाई असर पार्ने मौद्रिक नीतिप्रति शंशकित भएका लगानीकर्ताहरु अझै केहि दिन पर्ख र हेरको नीतिमा रहेको एक लगानीकर्ताले बताए । यद्यपी, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजारलाई प्रभाव पार्नेखालको कुनैपनि विषयमा नीतिमा समाबेस नगर्न दिएको निर्देशनले बजारमा केहि सकारात्मक राहतको संचार भएको पनि लगानीकर्ताहरुको बुझाई रहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation