

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारी ४ बर्षे कार्यकाल पुरा गरी बिदा हुनुभएको छ ।
उहाँको कार्यकाल यही असार ३१ गतेबाट सकिएको हो । भण्डारी विदाईसंगै बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिवृmत पदमा कार्यरत अनुज मणि तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।
३५वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भण्डारीज्यूको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले जनाएको छ ।
उहाँको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निवैm फराकिलो पारेको थियो ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीको विदाई कार्यक्रम।
बैंकले एक कार्यक्रमको आयोजना गरी भण्डारीलाई विदाई गरेको थियो । विदाई कार्यक्रममा वोल्दै पूर्ब सिइओ भण्डारीले “आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको र अब नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना ब्यक्त गर्दछु” भन्नुभयो ।