![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठामाडौं । आर्थिक बर्षको चटारो सकिएसंगै सकारात्मक संचार गराउदै अघि बढेको शेयर बजारमा यो साता, कारोवारको अन्तिम दिन विहिवार ३ हजारको विन्दु पार गरेर रोकिएको छ ।
सातामा कुल ५ दिन कारोवार अवधि भएको भएतापनि यो सता ६ गते बुधवार सार्बजनिक विदा परेकाले कारोवार भने ४ दिन मात्रै भएको थियो । यो ४ दिनको कारोवार अवधिमा ३ दिन बजार बढ्यो भने १ दिन बजारमा गिरावट (लगानीकर्ताका अनुसार ‘सामान्य करेक्सन’) आएको थियो ।
साताको पहिलो कारोवार २८८३.४ अंकवाट शुरु भएको बजार साताको अन्तिम दिन ३ हजारको बिन्दु पार गर्दै ३००४.३१ बिन्दुमा पुगेको हो । यो सातामा कुल १२०.९१ अंकले बजार बढेको छ ।
साताको पहिलो दिन उत्साहप्रद देखिएको शेयर बजार सो दिन अल टाइम हाइको ३०२५.८३ को बिन्दुलाई पार गरेर ३०३२ मा पुगेर फर्किएको थियो । यद्यपी, सो दिन भारी अंकका साथ करिब १०० अंक अर्थात ९७.२१ अंकले बजार बढेर बसेको थियो ।
यो साता कारोवार रकममा पनि बृद्धि भएको छ । सातामा कारोवार भएको ४ दिन मध्येमा ३ दिन बजार सकारात्मक रहदा कारोवार रकम पनि प्रत्येक दिन करिब १२ करोडको नजिकसम्म पुगेको छ ।
तर, मंगलवार भने बजार उदासिन हुदाँ कारोवार रकम भने एक्कासी खुम्चिएर करिब ८ अर्बमा झरेको थियो । यो दिन बजारमा ९.२७ अंकले गिरावट आएको थियो ।
साताको कारोबारको अन्तिम दिन सेन्सेटिभ इण्डेक्स ४.०६ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंक बढेको छ । यस दिन २२२ कम्पनीको १ लाख १४ हजार ७७२ पटकको कारोबारमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.७२ प्रतिशत र वित्तको १.५२ प्रतिशत बढेको छ । यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एनआईसी एशिया र नेपाल बैंकको ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।