२ दिनको लागि ‘फूल रेष्ट’ मा बजारसाताभित्रै अलटाइम हाइको ‘ह्याट्रिक’ दौड पुरा

 अर्थ बुलेटिन   १५ सावन, २०७८



काठामाडौं । निरन्तर नयाँ रेकर्डको एकल प्रतिसपर्धामा दौडिएको शेयर बजारमा यो साता अतुलनीय रेकर्डहरु कायम भएका छन् । 

भलै कारोवार रकमले नयाँ रेकर्ड बनाउन नसके पनि क्रमकः फेरी उकालो लाग्दैछ भने नेप्सेले एकल प्रतिसपर्धामा पटक पटक अल टाइम हाइको रेकर्ड कायम गर्न सफल भएको छ । 
गत साता ४ दिनको कारोवार हुँदा ३ दिन बजार बढ्यो र १ दिन घटेको थियो भने यो साता पनि त्यस्तै ५ दिन भएको कारोवारमा ३ दिन बजार बढ्यो । २ दिन घटेको थियो । बढेको ३ दिननै नेप्सेले अल टाइम हाइको रेकर्ड कायम गर्यो ।

साताको पहिलो दिन ३०५८.६३ बिन्दुमा पुगेर अहिलेसम्मको रेकर्डनै कायम गर्दै अल टाइम हाईमा पुगेको थियो भने यहि सातामा मंगलवार पुनः त्यो रेकर्डलाई तोड्दै ३०७९.६६ मा पुगेर फेरी नयाँ रेकर्ड स्थापित गराउन सफल भयो । आफ्नो रेकर्ड आफैले तोड्ने काम त्यतिमा मात्रै रोकिएन र फेरी साताको चौथो कारोवार दिन बुधवार पनि बजार निरन्तर चम्किनै रह्यो । यस दिन फेरी नयाँ रेकर्ड बनाउदै बजारले ३०९४.९५ अंक चुम्न पुग्यो । यो संगै बजारले यस साता आइतवार, मंगलवार र बुधवार गरी अल टाईम हाइको ‘ह्यट्रिक’ रेकर्ड बनाउदै अघि बढ्यो । 

साता भरिमा पटक पटक अल टाइम हाइको रेकर्ड बनाउदै दौडिएको बजार विहिवार भने केहि सुस्ताएको छ । यस दिन दोहोरो अंकको सामान्य करेक्सन भएर २ दिनको लागि बजार ‘फूल रेष्ट’ मा बसेको छ ।

 

साताको पहिलो दिन उत्साहप्रद देखिएको शेयर बजारले पहिलो कारोबार दिनमानै नयाँ अलटाइम हाइ रेकर्ड बनायो । नेप्सेले नयाँ उचाइ कायम गर्दा भोल्यूमले पनि साथ दिएको छ।

आइतबार नेप्से परिसूचक ५४.३१ अंक बढेर ३०५८.६३ विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च बन्द विन्दु हो । यस अघि नेप्सेले जेठ ३१ गते नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो । सो दिन नेप्से ३०२५.८३ विन्दुमा पुगेको थियो । यस दिन नेप्सेले सो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनायो ।

यस दिन नेप्सेले नयाँ अलटाइम हाइ क्लोज बनाएपनि इन्ट्रा डेको अलटाइम हाइ रेकर्डलाई भने अझै तोड्न सकेको छैन । यस दिन नेप्से ३०५८ विन्दुमासम्म पुगेको थियो । यस अघि इन्ट्रा डेमा नेप्से ३०६४ विन्दुसम्म पुगेको थियो ।

नेप्सेको यस दिनको वृद्धिलाई कारोबार रकमले पनि साथ दियो । यस दिन २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भयो ।

साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखियो । पछिल्लो २ कारोबार दिनमा ७६।०६ अंक बढेको नेप्सेमा यस दिन ८ अंकको करेक्सन भयो ।

सोमबार नेप्से परिसूचक ८.२४ अंक घटेर ३०५०.४२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २।९३ अंक, फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ ।

नेप्से घटेपछि यस दिन कारोबार रकममा पनि सामान्य घटेको थियो । यस दिन बजारमा २२३ कम्पनीको १ लाख ३७ हजार २४२ पटकको कारोबारमा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो । आइतबार बजारमा १४ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

मंगलबार शेयर बजारमा निकै उतारचढाव देखियो । सुरुवाति चरणमा नेप्से सूचक उच्च अंकले घटेको भए पनि अन्तिमसम्म आइपुग्दा शेयर बजार सकारात्मक देखिएको छ ।

केन्द्रिय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा प्रोभिजनिङको व्यवस्थामा परिवर्तन गर्दै त्यसको सीमालाई बढाएको थियो । असल कर्जामा पनि प्रोभिजनिङको सीमा बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा र लाभांश क्षमतामा समेत असर पर्ने भएको छ ।

केन्द्रिय बैंकको निर्देशन आएपछि धेरै लगानीकर्तामा अन्योल बढेको थियो कि सो निर्देशनपछि बजारले कस्तो प्रतिकृया देला । तर, मंगलबार सुरुवाति चरणमा बजार नकारात्मक बनेपनि अन्तिममा सकारात्मक भएर बन्द भएको हो । यद्यपि कतिपय वाणिज्य बैंक र माइक्रोफाइनान्स कम्पनीहरुमा भने यसको प्रभाव देखिएको छ ।

मंगलबार कारोबारमा आएका १४ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन् । यस दिन मल्टिपर्पस फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यो साता कारोवार रकममा पनि उत्साहप्रद बृद्धि भएको छ । साताको पहिलो कारोवार दिनमा १४ अर्ब ३० करोड भन्दा धेरै रकमको कारोवार भएको थियो । सोमवार बजारमा भएको सामान्य सुधारसंगै कारोवार रकम केहि झरेको भएपनि पुनः मंगलवार र बुधवार उकालो लागेको थियो । यस सातालाई मात्रै हेर्ने हो भने बुधवार सबैभन्दा धेरै कारोवार रकमको रेकर्ड कायम भएको छ । यस दिन १५ अर्ब १७ करोड भन्दा धेरै रकमको कारोवार भएको थियो । 

यद्यपी, साताको कारोबारको अन्तिम दिन भने बजारमा केहि सुधार देखियो । बजार दोहोरो अंक १५.११ ले घटेर ३०७९.८३ मा कायम भएको थियो । यस साता कारोबार रकमका आधारमा पनि विहिवार सबैभन्दा कम रकम भयो । यस दिन मात्रै झन्डै ११ अर्ब रकमको कारोवार भयो । 

यस दिन कूल २१७ कम्पनीको दुई करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार रुपैयाँ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढेको छ । 

यस्तै, बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत् २८.४३, वित्त ५३.८२, निर्जीवन बीमा ६९.५७, उत्पादन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, जीवन बीमा ८६.५५, सामूहिक लगानी कोष ०.०३ र लगानी १.३७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबर रुपैयाँको कारोबार भयो । हिमालयन डिस्टिलरी २९ करोड ४४ लाख ३७ हजार २३०, युनाइटेड मोदी २५ करोड ४३ लाख १५ हजार ४७३, हिमालयन जनरल इन्स्योरेन्स २४ करोड ७५ लाख आठ हजार ४९ र रिडी हाइड्रो पावरको २२ करोड ४२ लाख ६४ हजार ९४४ बराबर रुपैयाँको कारोबार भई शीर्ष स्थानमा रहे ।

रिडी हाइड्रोपावर ९.९५, जीवन विकास लघुवित्त ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५, युनाइटेड इदी मदी हाइड्रोपावर ७.५५ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०५ प्रतिशतले कमाएका छन् । 

त्यस्तै गुडविल फाइनान्स ७.३३, माउण्टेन हाइड्रो नेपाल ६.१७, जानकी फाइनान्स ५।५०, जोशी हाइड्रो पावर ३.७३ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.६६ प्रतिशतले गुमाए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation