

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्दा ग्राहकहरुलाई अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।
सो बैंक र एमएडव्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बिच सम्झौता एक सम्झौता गर्दै फुन्टो ब्राण्डका कमर्सियल भेहिकल्स खरिद गर्दा यस्तो सेवा सुविधा दिने सहमति भएको हो ।
सम्झौता अनुसार सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने र आफ्ना ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने जनाइएको छ ।
देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुने बैंकले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।