२ हजार आंशिक शिक्षक करार हुनेसेवा आयोगको परिक्षा स्थगित, त्रिविमा लगाइएको ताला खुल्यो

 अर्थ बुलेटिन   १८ सावन, २०७८



काठमाडौं । २०७८ असाढ मसान्तसम्ममा एक बर्ष शिक्षण अवधि पुरा गरेका र अन्य आवश्यक सूचकहरु पुरा भएका सबै आंशिक शिक्षकहरु करार हुने भएका छन् । 

आन्दोलनरत आंशिक प्राध्यापकहरु र त्रिविका बिच आज साँझ (श्रावण १८, २०७८) मा भएको ७ बुँदे सम्झौता अनुसार उक्त निर्णय भएको हो । त्रिविले सम्झौता अनुसार ३ दिनको अवधि भित्र पूर्बवत स्वीकृत १,४२० को दरबन्दि र थप ५८० गरी कुल २,००० को संख्यामा करार दरबन्दि स्वीकृत गरी त्रिवि कार्यकारि परिषद्वाट अनुमोदन गराउने र तत्काल कार्यन्वयनमा लैजान त्रिवि सहमत भएको त्रिवि आंशिक प्राध्यापक संघर्ष समितिका संयोजक गोकुल लिम्बुले अर्थ बुलेटिनलाई बताउनुभयो । 

सम्झौता अनुसार ३ दिन भित्र अनुमोदन नभएको खण्डमा चौथो दिन वाट पुनः आन्दोलन गर्न संघर्ष समिति तयार रहेको समेत लिम्वुले बताउनुभयो । 

यस्तै, २०७८ भाद्र १५ गतेदेखि त्रिवि सेवा आयोगले संचालन गर्ने भनेको उप प्राध्यापहरुको लिखित परिक्षा समेत आंशिक शिक्षकको समस्या समाधान नहुदाँसम्म स्थागन गर्न त्रिवि सहमत भएको छ । यो सहमतिसंगै  आज साँझ नै त्रिवि सेवा आयोग, भिसी कार्यालय, रेक्टर कार्यालय लगायतका सबै कार्यालयहरुमा लगाईएको ताला खोलिएको आंशिक प्राध्यापक संघर्ष समितिका बार्ता टोलि सदस्य एल वि विष्टले जानकारी गराउनुभयो । 

त्रिविसंगको बार्तामा आंशिक प्राध्यापकका तर्फवाट गोकुल लेछर्वो लिम्वुको संयोजकत्वमा विष्णु सापकोटा, एल वि विष्ट, राजेन्द्र आचार्य, बैकुण्ठ थापा र किरण भट्ट सहभागि हुनुभएको संघर्ष समितिका सचिब माधव भुषालले बताउनुभयो ।

सचिब भुषालले आज साँझ नै एक अपिल जारी गर्दै आंशिक प्राध्यापहरुको १५ बर्षे संघर्ष उपलव्धितर्फ उन्मुख भएको बताउनुभएको छ । उहाँले २०७८ साउन १९ गते मंलवार सबै आंशिक प्राध्यापकहरु त्रिवि प्राङगणमा भेला हुने र औपचारिक रुपमा सबैलाई जानकारी गराउने कार्यक्रम रहेको बताउनुभयो । 

आंशिक प्राध्यापक संघर्ष समितिले जारी गरेको अपिल जस्ताको तस्तै, यस्तो रहेको छः

उपलब्धीतर्फ लम्किदै

प्रष्ट वक्ता, इमन्दार ब्यक्तित्व गोकुल लिम्बुको संयोजकत्व मा गतिशील  त्रि.वि .आम्शिक प्राध्यापक संघर्श समिति ले एउटा स्थिर भएर आन्दोलन, धर्ना अनि वार्ता मार्फत  सेवा आयोगले  आगामी भाद्र १५ गते देखि संचालन गर्ने भनेको परीक्षा २०७८ असार मसान्तसम्म एक बर्ष सेवा गरेका सम्पुर्ण आम्शिक अध्यापकलाई करार नगरे सम्म उप प्राध्यापकको परीक्षा  स्थगन गरेको

दिन भित्रमा अगाडिको १४२० अब आवश्यक पर्ने ५८० दरबन्दी कार्य कारनिले पास गर्ने

यदि पास नभएमा पुन: तालाबन्दी संघर्श का कार्यक्रम थप ससक्त रुपमा सन्चालन गर्ने छौ

भोलि उपकुलपती,रेक्टर ,रजिस्टार सहित संघर्श समितिका वार्ता सदस्य बीच कार्यान्वयनका लागि भोलि ११ बजे देखि निरन्तर वार्ता चल्ने

यसलाई हामीले महत्त्वपूर्ण उपलब्धि ठानेका छौँ

यश अर्थ पुर्ण कार्यमा खुसी साट्न वार्ता समितिलाई हौसला प्रदान गर्न भोलि बिहान ११ बजे उपकुलपति कार्यालयमा उपस्थित हुन सबिनय सबैमा निवेदन गर्दछौं

अन्तमा बिगत दिन देखि घाम,पानी समय केहीको प्रवाह नगरी उपस्थित जनाउनु हुने सम्पुर्ण अध्यापक मित्रहरूमा साधु वाद ब्यक्त गर्दछौ।हजुर हरुको साथ सहयोग सदा रहने । हामी बोलेर होइन गरेर देखाउने छौँ

        सचिव 

आम्शिक प्राध्यापक संघर्श समिति



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation