आंशिकको मुद्दा त्रिविदेखि प्रधानमन्त्री कार्यालयसम्म तत्काल समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

 अर्थ बुलेटिन   २० सावन, २०७८



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिवि अन्तर्गतका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न उपयुक्त कदम चाल्ने बताउनु भएको छ । 

आज आंशिक प्राध्यापक केन्द्रिय संघर्ष समितिका संयोजक गोकुल लिम्बु सहितको टोलीले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री एवम् त्रिवि कुलपति समेत रहनुभएका देउवाले सो प्रतिबद्धता जनाउनु भएको हो ।

प्रधानमन्त्री देउवाले सबै राजनीतिकदलहरुसँग छलफल गरी आंशिक शिक्षकहरुको समस्या समाधानका लागि उपयुक्त कदम चाल्न आफू हर्षित र सकारात्मक रहेको बताउनुभएको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका संयोजक गोकुल लिम्बुले अर्थ बुलेटिनलाई बताउनुभयो । उहाँले भन्नुभयो “अब आंशिकको मुद्दा अझै जोडदार रुपमा त्रिविदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । यसले अब यथाशीघ्र दीर्घकालीन रुपमा सकारात्मक निकाश पाउनेछ ।”

आंशिक प्राध्यापकले विगत १५ बर्षदेखि भोग्दै आएको समस्या, बौद्धिक शोषण, श्रम शोषण लगायतका सम्पूर्ण समस्याहरुको बारेमा ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइएको केन्द्रीय संघर्ष समितिका सचिव गोविन्द ढुंगानाले बताउनुभयो ।

साथै, प्रधानमन्त्री एवं कुलपति समक्ष २०७४ मंसिर ८ मा भएको १४२० को सहमति र त्यस यता थप भएका ५८० गरी कुल २ हजारको संख्यालाईनै तत्काल करार गराउन माग गरिएको आंशिक शिक्षक नविन खनालले बताउनुभयो ।

ज्ञापन पत्रः

 

प्रधानमन्त्री एवं कुलपतिलाई पेश गरिएको ज्ञापन पत्रः

प्रधानमन्त्रीसंगको भेट सकारात्मक रहेको र यो विषय तत्काल कार्यन्वयन हुनेमा आफुहरु आशावादी देखिएको संघर्ष समितका सचिव बैकुण्ठ थापाले बताउनुभयो । यस्तै, यो भेट र त्रिविसंग पछिल्लो पटक भएको सम्झौताले आफुहरु थप उत्साहित भएको संघर्ष समितिका कोषाध्यक्ष दधिराम पन्थीले बताउनुभयो ।

योसंगै आन्दोलनका पहिलो चरणका सम्पूर्ण क्रियाकलापहरु सफलतापूर्बक सम्पन्न भएको भएतापनि त्रिविसंगको निरन्तर छलफल, विभिन्न राजनीतिक दलहरुसंगको समन्वय, त्रिविका विभिन्न बैचारिक समूहहरुसंगको छलफल लगायतका कार्यहरु जारीनै रहने साथै सबैको साझा एजेण्डा भएकाले त्रिवि भित्रका सबै समुह, उपसमुहहरुलाई एकै कित्तामा उभ्याएर जतिसक्दो छिटो टुङगोमा पुर्याउने गरी निरन्तर कार्य गरिरहने संघर्ष समितिका प्रवक्ता एलवि विष्टले बताउनुभयो ।

एक पछि अर्को गर्दै निरन्तर सफलता तर्फ लम्किरहेको यो आन्दोलन सकिएको नभईकन हाल ४ दिनको अल्मिेटम अवधि दिन गन्तिका रुपमा अघि बढिरहेको संघर्ष समितिका सचिव माधव प्रसाद भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो “पछिल्लो सम्झौता श्रावण २३, २०७८ भित्रमा त्रिविले २०७२ पछिको थप ५८० को दरबन्दि कार्यकारी परिषदवाट अनुमोदन गरी पूर्ववत् १४२० सहित कुल २ हजारको संख्यालाईनै करार गर्ने प्रक्रिया अघि नबढाएको खण्डमा श्रावण २४ गतेदेखिनै थप सशक्त आन्दोलनका कार्यक्रमहरु सुरु हुनेछ । यो २ हजारको संख्या भनेको २०७८ असाढ मसान्तसम्ममा एक बर्ष शिक्षण अवधि पूरा गरेका र आवश्यक अन्य सूचकहरु समेत पुरा भएका सबै आंशिक शिक्षकहरु पर्नेछन् ।”

प्रधानमन्त्रीसंगको भेटपछि सामुहिक फोटो खिच्दै भेटका सहभागि आंशिक शिक्षकहरु ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation