२४ माघ, २०८१ | 06 Feb, 2025
काठामाडौं । हप्ता भित्रको ५ कारोवार दिनमानै ‘आल टाइम हाइ’ को नयाँ ‘ह्याट्रिक’ रेकर्ड बनाउदै दैडिरहेको शेयर बजार निरन्तर यो हप्ता पनि विगतका आफ्नो रेकर्डलाई तोड्दै दौडिएको छ ।
यो हप्ता ५ कारोवार दिन आइतवार देखि बिहिवार (साउन २४ देखि २८) सम्ममा मंगलवार, बुधवार र विहिवार गरी ३ पटक नयाँ रेकर्ड बनाउदै एकल प्रतिसपर्धामा ‘ह्याट्रिक’ को नयाँ रेकर्ड कायम गरेको हो ।
यस अघि यहि साउनको दोश्रो हप्ता (१० देखि १४ गतेसम्म) को कारोवार दिनमा पनि बजारले हप्ता भित्रनै ३ पटक निरन्तर आफ्नो रेकर्ड तोड्दै ‘आल टाइम हाइ’ को नयाँ ‘ह्याट्रिक’ रेकर्ड बनाएको थियो ।
नेप्सेको नयाँ उचाईसंगै यो हप्ता कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । कारोबार रकमको पुरानो रेकर्डलाई तोड्न नसकको भएपनि पुरानो रेकर्डबाट करिब ५ अर्बमा झरेको कारोवार रकम पुनः उकाली लाग्दै यो साताको अन्तिम कारोबार दिनमा साढे १७ अर्ब नाघेको छ ।
साताभरीमा भएको ५ दिनको कारोवारमा ५ दिननै बजार बढेको छ । मंगलवबार उच्च अंकले बढेको बजार साताको अन्तिम कारोबार दिन पनि दोहोरो अंकले बढेको थियो । मंगवार र विहिवार वाहेक अन्य दिन भने बजार झिनो अंकका साथ बढेको हो ।
साता भरिमा पटक पटक अल टाइम हाइको रेकर्ड बनाउदै दौडिएका बजार समग्रमा गत साता ४ प्रतिशतभन्दा धेरै बढेको थियो । अघिल्लो साता २८८३.३८ विन्दुमा बन्द भएको नेप्से, गत साता १२०.९३ अंक अर्थात ४.१६ प्रतिशत बढेर ३००४.३१ विन्दुमा बन्द भएको छ।
साताको अन्तिम कारोवार दिन विहिवार नेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको कारोबारमा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेले नयाँ रेकर्ड बनाउँदा यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रुरु जलविद्युत, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, साइन रेशुङ्गा डेभलपमेन्ट बैंक र यूनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।