दोश्रो बजारमा न्यून नागरिकको लगानीसस्तो शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो

 अर्थ बुलेटिन   ३० सावन, २०७८



काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा हाल करिब ९ लाख नागरिकले शेयर बजारमा लगानी गरेका छन् ।

गत वर्ष दोस्रो बजारमा कारोबार गर्न भन्दै ६ लाख ३१ हजार सात सय २६ नयाँ लगानीकर्ता दोस्रो बजार प्रवेश गरेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले जनाएको छ । नयाँ लगानीकर्ताको प्रवेशसँगै दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या कुल आठ लाख ७७ हजार दुई सय पुगेको छ । 

जुन अघिल्लो वर्षको तुलनामा अढाई गुणा बढी हो । यो २५७.२४ प्रतिशत नयाँ लगानीकर्ताको वृद्धि हो । अघिल्लो वर्ष दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको कुल सङ्ख्या दुई लाख ४५ हजार चार सय ७४ मात्रै रहेको थियो ।

नेपालमा करिब ३ करोड नागरिक रहेकोमा शेयर बजारमा भएको करिब ९ लाख नागरिकको लगानी भनेको करिब ० दशमलव ०३ प्रतिशत मात्रै हो । 

अझै त्यसमा पनि सक्रिय लगानीकर्ताको संख्या भने निकै न्यून रहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको प्रत्यक्ष मारमा परेको नेपालमा पनि पछिल्लो एक बर्षमा अन्य क्षेत्रमा लगानीको बातावरण नबन्दा र अनलाइन प्रणालिवाट घरमै बसि बसि शेयर कारोवार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणको क्षत्र बन्न थालेको छ । 


कुल लगानीकर्ताको सङ्ख्या अढाई गुणाले बढ्दा अनलाइन कारोबार गर्ने लगानीकर्तामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा अनलाइन प्रयोगकर्ता २२ गुणा भन्दा बढीले बढेका छन् । गत वर्ष अनलाइनबाट शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या सात लाख ९१ हजार ९८३ पुगेको छ । जबकि अघिल्लो वर्ष अनलाइन बाट शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या ३५ हजार एक सय १९ मात्रै रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा २१५५।१४ प्रतिशत बढी हो ।

पछिल्लो समय निस्कासन भईरहेको आइपिओले दोश्रो बजारलाई केहि आकर्षणको केन्द्र बनाएको र जानेर वा नजानेर दोश्रो बजारमा लानीकर्ताहरुको संख्या बढि रहेको ठूला लगानीकर्ताहरुको भनाइ रहेको छ । 

सस्तो शेयरमा आकर्षण बढ्दैः

नयाँ भित्रिएका लगानीकर्ताहरुमा धेरै साना लगानीकर्ताहरु रहेको छन् ।

जोसंग पूँजि पनि कम छ र रहरै रहरले भित्रिएका छन् । उनिहरु थोरै पैसाको लगानीमा धेरै शेयर खरिद गर्न चाहन्छन् । त्यसैले सस्तो मुल्य रहेका शेयरहरुमा उनिहरुको आकर्षण बढेको छ । 

फलत सस्तो शेयरहरुको बजार माग बढ्न थालेको शेयर विश्लेषक धनञ्जय पौडेलको बुझाई रहेको छ । उहाँ भन्नुहुन्छ “बुलिस ट्रेनमा सबैजसो शेयरको मुल्य दोब्बर हुन्छन् । यसरी हेर्दा जतिसक्दो धेरै संख्यामा शेयर खरिद गर्नु बुद्धिमानी हुनेछ । त्यसका लागि ठुलो मुल्यको शेयरमा लगानी गर्दा आफुसंगको पूंजिले थोरै संख्यामा मात्रै शेयर आउने हुँदा नाफामा संकुचन आउछ । त्यसको सट्टामा सस्तो शेयर खरिद गर्दा थोरै पूंजिले धेरै शेयर खरिद गर्न सकिने र नाफा धेरै आर्जन गर्न सकिने हुन्छ । त्यसैले म नयाँ लगानीकर्ताहरुलाई महंगो मुल्यको शेयर भन्दा पनि राम्रा कम्पनीको सस्तो मुल्यको शेयर उठउन सुझाउछु । जसले गर्दा जोखिम पनि कम हुन्छ ।”



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation