

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । समाजका वरिष्ठव्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले सर्वाधिक ब्याजदर सहित वरिष्ठ वचत खाता योजना संचालन गरेको छ ।
५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात रु १०,००० मा खाता खोल्न सक्ने र यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिने बैंकले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
बैंकका अनुसार यस प्रकारको खातामा ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।
समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्ने बचन बद्धता पनि जनाएको छ ।
विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै ग्राहकको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउन लागेको बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले वताउनु भयो ।
निक्षेप तर्फ रु. ९१.६७ अर्व र कर्जा तर्फ रु. ८५.१४ अर्व पुरयाउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५% मा सिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बचन बद्धता पनि प्रमुख कार्यकारी अधिकृत पोखरेलले व्यक्त गर्नुु भयो ।