रु १०,००० नगदराशि सहित ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’

 अर्थ बुलेटिन   ३ भदौ, २०७८



काठमाडौं । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी “Kumari Smart 1-month Login Challenge” नामक आकर्षक अभियान शुरु गरेको छ । 

अभियानमा Lucky draw  मार्फत प्रत्येक हप्ता १० जना र महिना भर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।

अभियानमा सहभागी हुन बैंकका ग्राहकले यो अभियान शुरू भएको १ महिनासम्म बैंकका विभिन्न सेवा सुविधाहरु प्रयोग गरेको हुनुपर्नेछ ।

ग्राहकले प्रयोग गर्नुपर्ने सेवाहरु मा पहिलो त Kumari Smart बचत एपमार्फत आफ्नो खाताको विवरण (Bank Statement) हेर्ने र दोश्रो टप–अप, बिलभुक्तानी, क्यूआर (QR) भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ ।

यो अभियान भाद्र १, २०७८ देखि सुरू भएको बैंकले जनाएको छ ।

कुमारी बैंकले डिजिटल प्रणाली मार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदानगर्न अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधाहरु पनि दिँदै आएकोे छ जनाएको छ । यस अभियान मार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोग द्घारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ । एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखा रहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता बैंकले जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation