महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई निशुल्क एम्बुलेन्स सेवाकान्तिपुर अस्पतालका अधिकतम सेवामा विशेष छुट

 अर्थ बुलेटिन   ३ भदौ, २०७८



काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग बैंकका ग्राहकलाई सेवा प्रदान गर्ने बारेमा यसै साता एक सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । 

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/ICU/HCU, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज/क्याबिन, इन्भेस्टिगेशन (Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing)  मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

अस्पताल र बैंक विचको सम्झौता

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गर्नु भएको बैंकले जनाएको छ । 
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म DIGITAL BANKING मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकले आफ्ना सबै ग्राहकहरुलाई अपिल समेत गरेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation