२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । निरन्तर चड्किरहेको शेयर बजारमा आज एक्कासी भारि अंकको गिराबट आएको छ ।
बजारमा आज १.७६ प्रतिशत अर्थात ५६.०३ अंक घटेर ३१२४.८७ अंकमा बजार रोकिएको छ ।
बजार घटेपनि कारोबार शेयर संख्या र कारोबार रकममा भने खासै गिरावट आउन सकेको छैन । करिब २१ अर्बभन्दा माथिसम्म पुगेको बजार आज २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयरको कारोबार हुदै रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैया रकमको कारोबार भएको छ ।
आज घटेको बजारमा पनि गुराँस फाइनान्स लिमिटेड र जिवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड गरी २ वटा कम्पनीहरुमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
आज १० प्रतिशत नकारात्मक सर्किट लाग्ने कम्पनीको संख्या १४ वटा रहेको छ भने ९ देखि १० प्रतिशतका बिचमा नकरात्मक सर्किट लाग्ने कम्पनीको संख्या ६ वटा रहेको छ । यसमा अधिकतम संख्या हाइड्रोपावर समुहको रहेको छ । जसले गर्दा आज सबैभन्दा धेरै हाइड्रोपावर समुहका लगानीकर्ताहरुले गुमाएका छन् ।
यद्यपी, बजार बुलिस टे«नमानै बजार रहेकाले आजको गिरावट केवल ‘करेक्सन’ मात्रै भएको र भोलिदेखिनै पुन बजारले वुलिसको टे«नलाई समातेर दौडनेमा कुनै शंका नभएको लगानीकर्ताहरुको भनाई रहेको छ ।
उनिहरु भन्छन् “२१ अर्ब भन्दा माथिसम्म पुगेको बजारमा आज भएको उच्च अंकको गिरावटका विच पनि कारोबार रमक खासै घट्न नसक्नुले लगानीकर्ताहरु अझैपनि बजारवाट वाहिरिएका छैनन् भन्ने प्रष्ट भएको छ ।”