२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । यस साताको पहिलो कारोवार मंगलवार भारि अंककासाथ गिरावट भएको बजार बुधवारपनि त्यसलाई पछ्यादै पूनः भारी अंकका साथ गिरावट आएको छ ।
यद्यपी मंगलवारको बजार भन्दा बुधवारको बजार केहि सम्हालिदै घटेको थियो । विहान पहिलो चरणमा भारि अंकका साथ घटेको बजार मध्यान्तरको समयतिर सम्हालिदै करिब करिब सकारात्मक तर्फ उक्लन खोजेको थियो । तर, क्रमश अन्तिम १ घण्टाको अवधिमा बजार निरन्तर ओरालो लागेर करिब ५० अंक घट्टयो ।
आज १.५५ प्रतिशत अर्थात ४८.४२ अंक घटेर ३०७६.४५ अंकमा बजार रोकिएको छ । सेन्सेटिभ इन्डेक्स समेत आज ९.६७ को भारि अंकले घटेको छ ।
बजार घटेसंगै आज भने कारोवार रकममा पनि ठुलो गिरावट आएको छ । मंगलवार २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयरको कारोबार हुदै रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैया रकमको कारोबार भएकोमा आज बुधवार भने १ करोड ३३ लाख ७९ हजार ८४७ कित्ता शेयरको खरिद विक्रि हुदैँ ७ अर्ब ५० करोड ६७ लाख ८१ हजार ४१४ रुपैयाको कारोवारमा बजार सिमित भएको छ ।
आज भारि अंकले घटेको बजारमा पनि जिवन विकास लघुवित्तमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी वित्तिय संस्था ९.९९ प्रतिशतले बढेको छ ।
बजारमा कारोवार भईरहेका कम्पनीहरु मध्येमा आज केबल २१ वटा कम्पनी मात्रै सकारात्मक भएका छन् । सकारात्मक हुने कम्पनीहरुमा धेरै हाइड्रोपावरनै रहेका छन् । यो संगै विकास बैंक र फाइनान्सहरुले पनि भोलिवाटको बजारको लागि सकारात्मक लक्षण देखाएका छन् ।
आज अंकुखोला हाइड्रोपावर कम्पनी ९.९८ प्रतिशतले घटेको छ । यो वाहेक आज १० प्रतिशतको पूर्ण नकारात्मक सर्किट लेवलमा भने कुनै पनि कम्पनीहरु पुगेनन् ।
मंगलवार अत्तालिएको हाइड्रोपावरको क्षेत्र आज भने एकाएक सम्हालिएको देखिएको लगानीकर्ताहरुको भनाई रहेको छ । आजको कारोबारको मध्यसमयतिर करिब सबैजसो हाइड्रोहरु सकारात्मक हुदै गएका भएपनि अन्तिममा खस्किएको बजारको सामान्य असर मात्रै आज हाइड्रोपावर क्षेत्रमा परेको देखिनुले भोलिवाट यो क्षेत्रमा सकारात्मक सर्किटको आगो बल्ने संकेत देखिएको लगानीकर्ताहरुको विश्लेषण रहेको छ । जसरी मंगलवार हाइड्रो क्षेत्र घट्यो त्यसैैगरी विहिवार यो क्षेत्रले आगो बाल्नेछ । लगानीकर्ताहरु भन्छन् “विहिवार यसको ठुलो प्रभाव पुरै मार्केटमानै पर्नेछ । फलत भोलि ठुलो अंकका साथ बजार लयमा फर्कनेछ ।”