२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । बुधवारको कारोबारमा सकारात्मक संकेत देखाएको हाइड्रो क्षेत्र उचालिदा विहिवार बजारमा रौनक छाएको छ ।
मंगलवार र बुधवार भारि अंकले घटेको बजारमा आज देखिएको करिब १८ अंकको सुधारले लगानीकर्ताहरुमा सकारात्मक संचार गराएको छ ।
विहिवार ०.५७ प्रतिशत अर्थात १७.६० अंक बढेर ३०९४.६० अंकमा बजार रोकिएको छ । सेन्सेटिभ इन्डेक्स समेत आज ३.४६ अंकले बढेको छ ।
बजार बढेसंगै आज कारोवार रकममा पनि सुधार आएको छ । विहिवार २३२ वटा कम्पनीको १ लाख ३० हजार ९३८ पटकमा २ करोड १६ लाख ९० हजार कित्ताको खरिद विक्रि हुदाँ रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाको कारोवार भएको छ ।
आज बढेको बजारमा ८ वटा कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । यस्तै, थप ६ वटा कम्पनी ९ प्रतिशतभन्दा धेरै अंकले बढेका छन् । आज कुलमा १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ । यसमा अधिकतम हाइड्रोपावरहरु बढेका छन् भने यो संगै आज विकास बैंक र फाइनान्सहरु पनि उच्च अंकका साथ बढेका छन् ।
यस्तै, बढेको बजारमा अधिकतम ३ प्रतिशत भन्दा धेरै कुनै पनि कम्पनीहरु घटेका छैनन् । सबैभन्दा धेरै अंकले घटेको लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज ३.३३ प्रतिशतले घटेको छ । आज कुल ८२ वटा कम्पनीहरुको शेयर मुल्य घटेका छन् । आज १२ वटा कम्पनीहरुको शेयर मुल्य स्थिर रहेका छन् ।