२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो दिनको कारोबार आज आइतवार शेयर बजारमा भारी अंकले गिराबट आएको छ ।
गत साता ३ दिन कारोवार हुदाँ अन्तिम कारोबार दिनमा सुधार देखिएको बजार पुनः यस साता पहिलो दिन घटेको छ । गत साताको अन्तिम कारोबार दिन साढे १७ अंक बढेर बन्द भएको नेप्से, यस दिन करिब ४९ अंक घटेर बन्द भएको छ।
प्रि ओपनमा ११ अंकको हाराहारीमा बढेको बजार र नियमित कारोबार सुरु पनि पछि पनि करिब १ घट्टा सकारात्मकनै देखिएको थियो ।
तर, बजार एकाएक ओरालो लाग्न थालेको थियो । ओराली यात्रा आरम्भ गरेपछि भने आज बजारले सकारात्मक लय समाउन सकेन ।
अन्ततः बजार १.५९ प्रतिशत अर्थात ४८.८४ अंकले घटेर ३०४५।२० अंकमा रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ८।५७ अंकले घटेको छ ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् ।
त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।
यता रु रु जलविद्युतको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन १६६ रुपैयाँ २० पैसा घटेर १ हजार ४९५।८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, सिंगटी हाइड्रोको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।