२ दिनमा ११८ अंकले घट्यो बजार, आज ७० अंकको गिरावटकर्णाली विकास बैंकमा उच्च बृद्धि, रुरुमा निरन्तर नकारात्मक सर्किट

 अर्थ बुलेटिन   १५ भदौ, २०७८



काठमाडौं । यस साताको दोश्रो कारोवार दिन आज मंगलवार शेयर बजार भारी अंकले घटेको छ । 

आइतवार पनि ४८.८४ अंकले घटेर ३०४५।२० अंकमा रोकिएको बजार आज पुनः २.२७ प्रतिशत अर्थात ६९.०५ अंकले घटेर २९७५.८४ अंकमा रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत १२.३४ को भारी अंकले घटेको छ ।

यस साता कारोबार भएको २ दिन (आइतवार र मंगलवार) गरेर करिब ११८ अंकले. बजार घटेको छ । आइतवार ४८.८४ र मंगलवार ६९.०५ अंक गरी कुल ११७.८९ अंकले बजार घटिसकेको छ ।

आज करिब ७० अंकले घटेको बजारमा पनि कर्णाली विकास बैंक उच्च अंकले बृद्धि भएको छ । केहि दिनदेखि निरन्तर घटिरहेको नेपाल बैंक लिमिटेड भने आज सकारात्मक भएको छ । 

केहि दिनदेखि निरन्तर नकारात्मक सर्किटनै लाग्दै आएको रुरु जलविद्युतमा आज पनि सबैभन्दा धेरै अंकले गिराबट आएको छ । आय रुरु ९.९९ प्रतिशतले घटेको हो । 

आज २ करोड ३१ लाख ९ हजार ७१३ कित्ताको खरिब विक्रि हुदै १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाको कारोवार भएको छ ।

आज प्रि ओपन सेसनमा २.३७ अंकले. बढ्दा लगानीकर्ताहरुमा केहि उत्साह थपिएको भएपनि नियमित सेसन सुरु भए पश्चात बजार निरन्तर ओरालो मात्रै लागिरहयो । लगानीकर्ताहरु भनेको आजको बजारले राम्रो कम्पनीहरु छनोट गरी लगानीका लागि सुवर्ण अबसर भएको बताउछन् । भोलिवाटनै बजार सकारात्मक लयमा फर्कने खालको संकेत आजको कारोबारले देखाएको पनि लगानीकर्ताहरुको बुझाई रहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation