सामान्य अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

 अर्थ बुलेटिन   १६ भदौ, २०७८



काठमाडौं । यस साताको गत २ दिनको कारोवारमा करिब ११८ अंकले घटेको बजार आज बुधवार भने झिनो अंकले बढेको छ । 

यस साता कारोबार भएको ३ दिन मध्येमा आइतवार ४८.८४ र मंगलवार ६९.०५ अंक गरी कुल ११७.८९ अंकले घटेको बजार आज बुधवार भने १.१८ को झिने अंकले बढेर २९७७.०२ अंकामा रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ०.१५ को झिनो अंकलेनै बढेको छ । 

आज प्रि ओपन सेसनमा १.४५ अंकले बढेको बजार नियमित सेसन सुरु भएदेखि पनि निरन्तर बढिनै रहयो । यद्यपी, कारोबारको अन्तिम घण्टा निरन्तर ओरालो लागेको बजार अन्तिम १० मिनेटको अवधिमा नकारात्कनै भयो । अन्तमा बजार पुनः सम्हालिदै झिनो अंकले सकारात्मक भयो । 

बजार सकारात्मक भएपनि आज कारोबार संख्या र रकममा भने उल्लेख्य गिरावट आएको छ । हिजो २ करोड ३१ लाख ९ हजार ७१३ कित्ताको खरिब विक्रि हुदै १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाको कारोवार भएको बजारमा आज भने त्यो संख्या घटेर १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयरको खरिद विक्रि हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ । 

गत केहि दिन निरन्तर नकारात्मक सर्किटनै लागेको रु रु जलविद्युत्को शेयर मुल्य आज सबैभन्दा धेरै बृद्धि भएको छ । रु रु को मुल्य आज ७.५५ प्रतिशतले बढेको छ । सामान्य बृद्धि भएको आजको बजारमा खानिखोला हाइड्रोको मुल्य भने सबैभन्दा धेरै ७.७७ प्रतिशतले घटेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation