

२६ चैत, २०८१ | 08 Apr, 2025
काठमाडौं । कोरोना भाइरसको दोश्रो लहरको जोखिम बढेसंगै विगत ४ महिना अघिदेखिको लगाइएको उपत्यकाको निशेधाज्ञ हटेको छ ।
गत बैशाख १६ गतेदेखि पटक पटक थप गर्दै लगाईदै आएको काठमाडौं उपत्यकाको निशेधाज्ञ ४ महिनापछि भाद्र १६ गते बुधवारदेखि हटाईएको हो । उपत्यकाका तिनबटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधवारको संयुक्त बैठकले निशेधाज्ञा हटाउने निर्णय गरेको काठमाडौंका प्रजिअ कालिप्रसाद पोखरेलले जानकारी दिनुभएको विविसीले जनाएको छ ।
विविसीका अनुसार उपत्यकाका ३ जिल्लाका प्रजिअहरुको संयुक्त बैठक पछि आज सूचना जारी गर्दै विभिन्न निकायहरु र स्वास्थ्य विज्ञहरुसंगको छलफलपछि जोखिमको अवस्था केहि सामान्य बन्दै गएकाले हाललाई निशेधाज्ञा हटाईको हो ।
४ महिनादेखिको निशेधाज्ञाका कारण दैनिक जनजीवन, व्यापार व्यवसायमा भएको असहजतालाई केहि सहज बनाउनका लागि निशेधाज्ञाहटाईको जनाइएको छ । यस्तै, चाडवाडहरु समेत भित्रिएकाले पनि केहि सहज बातावरण बनाउनुपर्ने अवस्था आएको प्रशासनको बुझाई रहेको छ ।
यद्यपी, निशेधाज्ञा हटाईएको भएपनि जोखिमको अवस्था पूर्ण रुपमा हटिनसकेकाले सावधानीका साथ दैनिकी संचालन गर्न, स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न प्रशासनले सबैलाई अपिल गरेको छ । यदि स्वास्थ्य मापदण्डहरु पालना नभएको खण्डमा प्रशासन कारवाही गर्न बाध्य हुने पनि प्रशासनले जनाईको छ ।
त्यस्तै, प्रशासनले आजै एक आदेश जारी गर्दै कोभिड-१९ व्यवस्थापन निकाय डीसीएमीसंग समन्वय गरेर आवश्यक परे विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको निर्णय गर्न सकिने उल्लेख गरेको छ ।
आदेशमा समेटिएका बुँदाहरुः
काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा समेटिएका बुँदा यस्ता छन्स्