२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । केहि साता देखि निरन्तर ओराली यात्रामा लागेको बजार यस साता कुलमा भारी अंकले घटेको छ ।
साताको पहिलो कारोवार ३०९४.०४ अंकवाट शुरु भएको बजार साताको अन्तिम कारोबार दिन सम्ममा २९२६.८९ सम्म बिन्दुमा पुगेको छ । यो सातामा बजार कुल १६७ भन्दा धेरै अंकले बजार घटेको छ ।
सातामा हुने कुल ५ दिन कारोवार मध्येमा सोमवार सार्बजनिक विदा परेकाले ४ दिन कारोबार हुँदा बुधवार सामान्य भन्दा सामान्य अंक अर्थात १.१८ ले बढेको थियो ।
बाँकी ३ दिनको नेप्सेमा आएको गिरावट हेर्दा साना लगानीकर्ताहरुका लागि भने कहाली लाग्ने अबस्थानै बनेको छ । यद्यपी, कारोबारा रकम भने तुलनात्मक रुपमा सम्हालिरहेको लगानीकर्ताहरुको बुझाई रहेको छ ।
ठुला भनिएका लगानीकर्ताहरुले मौद्रिक नीतिमा उल्लेख गरिएको १२ करोड लोन मार्जिनको बिरोध गर्दै बजारमा शेयर नठाएका कारण कारोबार रकम केहि घट्नु स्वभाविक भएको भए पनि साना लगानीकर्ताको लगानीलेनै बजारमा १० अर्बको हाराहारी वा सो भन्दा धेरै रकमको कारोबार हुनुले बजार ठुला लगानीकर्ताको मात्रै नियन्त्रण भन्दा बाहिर गैसकेको लगानीकर्ताहरुको बुझाई रहेको छ ।
यस साता पहिलो कारोबार दिन आइतवार, दोश्रो कारोबार दिन सोमवार र चौथो तथा अन्तिम कारोबार दिन विहिवार करिब ५० अंक वा सो भन्दा धेरै अंकले बजार घटेको छ ।
के होला आउँदो साता ?
पछिल्लो समय निस्कासन भईरहेको आइपिओलेट दोश्रो बजारलाई केहि आकर्षणको केन्द्र बनाएको छ । जानेर वा नजानेर दोश्रो बजारमा लानीकर्ताहरुको संख्या दिन प्रतिदिन बढि रहेको छ ।
पछल्लो एक तथ्यांक अनुसार कुल लगानीकर्ताको सङ्ख्या अढाई गुणाले बढ्दा अनलाइन कारोबार गर्ने लगानीकर्तामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा अनलाइन प्रयोगकर्ता २२ गुणा भन्दा बढीले बढेका छन् ।
गत वर्ष अनलाइनबाट शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या सात लाख ९१ हजार ९८३ पुगेको छ । जबकि अघिल्लो वर्ष अनलाइन बाट शेयर कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या ३५ हजार एक सय १९ मात्रै रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा २१५५.१४ प्रतिशत बढी हो ।
यसरी बजारमा बढेको आकर्षण र १० अर्बको कारोबार रकम सामान्य बनिसकेको बजार यति सजिलै घटेर धरासायि नहुने लगानीकर्ताहरुको बुझाई रहेको छ । अझै त्यसमा पनि धेरै कम्पनीहरु बल्ला साधारण सभा गर्ने, लाभांस घोषणा र वितरण गर्ने समयमा बल्ल पुगेका छन् । तसर्थ पनि केहि दिनको बजार गिरावट सामान्य भएको र यो क्रम हाल सम्मको कारोबार रकम र पछिल्लो समयको अबस्थालाई मध्यनजर गर्दा आउदो सातावाट बजार सम्हालिन सक्ने सम्भावनाहरु प्रसस्त देखिएका छन् ।
त्यस्तै, मौद्रिक नीतिमा उल्लेख गरिएको १२ करोड लोन मार्जिनको बिरोध गर्दै बजारमा शेयर नठाएका ठुला लगानीकर्ताहरु पनि अब शेयर उठान आतुर देखिएको एक लगानीकर्ताले बताए । राज्यलाई धम्की दिनका लागि लगानी नगरेका उनिहरु अब गएको २ सातामा घटेको बजार अब यो भन्दा तल नझर्ने आकलनमा पुगेका छन् । तसर्थ, घटेको बजारमा राम्रा कम्पनी छनोट गरी किन्न सकियो भने राम्रो नाफा कमाउन सकिनेमा उनिहरु विश्वस्त रहेका छन् ।
फोरम अर्थमन्त्रीको शरणमा
यस साता इन्भेस्टर्स फोरमले मौद्रिक नीतिमा गरिएको १२ करोड मार्जिनलाई हटाउन र निरन्तर ओराली लागेको बजारलाई सम्हाल्न भन्दै विहिवार अर्थ मन्त्री गुहार्न पुगेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेको छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको जनाएको छ ।
यस्तै राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण शेयर बजारलाई जोगाउन र लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन एकिकृत निर्देशिकाले व्यवस्था गरेको १२ करोड ऋणको सीमा तत्काल खारेज गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।