नेप्सेमा लाग्यो नकारात्मक सर्किट, कारोबार बन्दसानिमा लाइफ र मनकामनाको मुल्यमा भने सकारात्मक बृद्धि

 अर्थ बुलेटिन   २० भदौ, २०७८



काठमाडौं । शेयर बजारमा ५ प्रतिशतको नकारात्मक सर्किट लागेसंगै पहिलो चरणको कारोबार बन्द भएको छ । 

यस साताको पहिलो कारोबार दिन आज आइतजार प्रि ओपन सेसन १.४८ प्रतिशतले सकारात्मक भएको भएपनि नियमित सेसन सुरु भए देखिनै नेप्से निरन्तर ओरालो लाग्यो । 

ओराली यात्रा ५ प्रतिशत नकारात्मक सर्किट लागेर कारोबार बन्दको अबस्थामानै पुग्यो । 

कारोबारको ४ घण्टा अवधि मध्येमा ठिक मध्यान्तरको समयमा ५.०३ प्रतिशत अर्थात १४७.३१ अंकले बजार घटेर २७७९.६८ अंकमा पुगेको छ । 

यद्यपी, तुलनात्मक रुपमा कारोबार रकममा भने सकारात्मक प्रगति देखिएको छ । यो २ घण्टाको अवधिमा पनि १ करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयरको खरिद विक्रि हुँदै ७ अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ रुपैयाको कारोबार भएको छ ।

बजार पुरै नकारात्मक सर्किट लागेका बेला पनि सानिमा लाइफ इन्स्योरेन्स लि. को शेयर मुल्य ९.९७ प्रतिशत र मनकामना स्मार्ट लघुवित्ति वित्तिय संस्थामा को शेयर मुल्य ४.०२ प्रतिशतले बृद्धि भएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation