“दशैं आयो उमंग छायो क्यास ब्याकको साथै बम्पर पायो”

 अर्थ बुलेटिन   २२ भदौ, २०७८



काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीको लागि दशैं–तिहारलाई मध्यनजर गर्दै “दशैं आयो उमंग छायो क्यास ब्याकको साथै बम्पर पायो” उपहार योजना ल्याएको छ । 

उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटर को खरिदमा १० हजार ‘स्योर सट’ क्यासब्याक पाउनुका साथै हरेक दुइ हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी ‘इन्ट्रयूडर’ ‘इन्ट्रयूडर’ बाइक पाउने कुरा पक्का रहेको छ । साथै एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेन्जको सुबिधा सहित रहेको कम्पनीले जनाएको छ । 

“दशैंआयो उमंग छायो क्यासब्याकको साथै बम्पर पायो” अन्तर्गत ग्राहकले बिना कुनै झन्झट हरेक खरिदमा रु. १० हजार ‘स्योर सट’ क्यासब्याक पाउनेछन् र हरेक दुइ हप्तामा फेसबुक लाइभ बाट बम्पर पुरस्कारको रुपमा ‘इन्ट्रयूडर’ बाइकजित्ने छन् । ‘इन्ट्रयूडर’ बाइक ‘क्रयोसिङ’ को लागि अति नै उपयुक्त छ र चलाउन एकदमै आरामदायक रहेको पनि कम्पनीले जनाएको छ ।

विश्वप्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो छन् । ‘बी एस सिक्स भेरियन्ट’ उत्पादन पनि गर्दै आइ्रहेको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गइरहेको अवस्थामा यो योजनाले ग्राहकलाई थप फाईदा पुग्नेमा कम्पनिका जनरल म्यानेजर धिरज भट्टराईले आफु विश्वस्त रहेको अर्थ बुलेटिनलाई बताउनु भयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation