शेयर बजार २९२९.२९ मा रोकियोकरिब २० अंकको करेक्सन, कारोबार रकम पनि घट्यो

 अर्थ बुलेटिन   २९ भदौ, २०७८



काठमाडौं । साता पहिलो दिन अर्थात आइतवारको कारोबारले लगानीकर्ताहरुलाई केहि सकारात्मक सन्देश दिएको भएपनि साताको तेश्रो कारोबार दिन भने लगानीकर्तालाई पुनः झस्काईदिएको छ । 

आज दिनभर जासो पर्ख र हेरको नीतिमा रहेको देखिने शेयर बजार अन्नत भारी अंकको साथ घटेर रोकिएको छ । घटेको बजारमा आज कारोबार रकम पनि भारी अंकका साथ गिरावट आएको छ । 

आज नेप्से ०.६३ प्रतिशत अर्थात १८.५४ अंकले घटेर २९२९.२९ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स समेत ३.२१ अंकले घटेको छ । 

नेप्से मात्रै होइन आज कारोबार संख्या र कारोबार रकम समेत भारी अंकले घटेको छ । केहि दिन यता निरन्तर बजार घट्दा पनि ९ अर्बको हाराहारीमा कारोबार हुने गरेको बजार आज भने ह्वात्तै घटेर ५ अर्बमा आइपुगेको छ । 

यद्यपी, बजार घट्दा कारोबार रकम समेत घट्नु भनेको सकारात्मक भएको लगानीकर्ताहरुको भनाई रहेको छ । उनिहरु भन्छन् “घटेको बजारमा लगानीकर्ताहरुले शेयर नबेचि होल्ड गर्दा कारोबार रकम घट्ने गरेको हो । यसले लगानीकर्ताहरु शेयर होल्ड गर्न सक्ने क्षमतामा पुगेका छन् र उनिहरु घटेर सेल गर्न चाहदैनन् ।”

आज कुल १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता कारोबार हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । 

घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्तमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ भने राष्ट्रिय विमा कम्पनीको शेयर मुल्य सबैभन्दा धेरै ५.५६ अंकले घटेको छ ।

यसैविच, आन्दोलनरत लगानीकर्ता र राष्ट्र बैंकका विच अझै वार्ता हुन सकेको छैन । अर्थ मन्त्रीसंगको छलफल पछि मात्रै राष्ट्र बैंकसंग छलफलमा बस्ने भनेका लगानीकर्ताहरुको अर्थमन्त्रीसंग समेत औपचारिक बार्ता हुन नसक्दा बजार बढ्न नसकेको लगानीकर्ताहरुको आरोप रहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation